सिरियामा मिसाइल हमला गर्ने ट्रम्पको धम्की

SITENAME

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारको ट्वीटमा सिरियामा मिसाइल हमला गर्ने खुलेआम घोषणा गर्दै रुसलाई तयार रहन धम्की दिएका छन् । 

वास्तवमा ट्रम्पले रुसको भनाइमा प्रतिक्रियामा दिँदै सो ट्वीट गरेको बताइएको छ । गत शनिबार भएको रासायनिक हमला विरुद्ध यसअघि पनि ट्रम्प लगायत विभिन्न पश्चिमी मुलुकहरुले सिरियाली सेनामाथि संयुक्त हमला गर्नेमा सहमति जनाएका थिए ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा यस प्रकारको छलफल गरिएपछि रुसले पनि सिरियामा प्रहार गरिने जस्तोसुकै मिसाइललाई नष्ट पारिदिने बताएको थियो । रुसको यसै चेतावनीको जवाफमा ट्वीट गर्दै ट्रम्पले यस्तो लेखेका हुन्, ‘रुसले सिरियामा प्रहार गरिने सबै मिसाइल ढाल्ने संकल्प गरेको छ । त्यसोभए रुस अहिले तयार भएर बस्नुपर्छ किनकी हाम्रो तर्फबाट मिसाइल आउँदैछ । तिमीहरुले निर्दोष मानिसलाई ग्यासले मारेर मजा लिने जनावरसँग सहकार्य गर्नु हुने थिएन ।’

यति मात्र नभएर ट्रम्पले रुससँगको सम्बन्धमा समेत प्रश्न उठाउँदै अर्को ट्वीट गरेका छन्, ‘ अहिले रुससँगको हाम्रो सम्बन्ध हालसम्मकै खराब स्थितिमा पुगेको छ र शीत युद्ध पनि यसैबाट सुरु हुने देखिएको छ । रुसलाई अमेरिकाबाट आर्थिक सहयोग चाहिएको छ जसले हामीलाई झन सजिलो बनाइदिन्छ । त्यसकारण अब सबै देशहरुले हतियारको रेस अन्त्य गर्न एकसाथ भएर लाग्न आवश्यक छ ।’ 

अमेरिकालाई साथ दिँदै बेलायत र फ्रान्सले पनि सिरिया विरुद्ध सैन्य प्रहार गर्ने तयारी गरिरहेका छन् । यसका साथै ट्रम्पले सिरियाको मुद्दाकै कारणले साताभरिका सबै वैदेशिक भ्रमण समेत रद्द गराएकाले पनि अमेरिकाले ठूलो सैन्य कारबाही सुरु गर्न सक्ने आशंका गरिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

‘शीतयुद्ध मानसिकता’ विरुद्ध अमेरिकालाई चिनियाँ राष्ट्रपति जिनपिङको चेतावनी

बीबीसी । चिनियाँ राष्ट्रपति शि जिनपिङले अमेरिकालाई ‘शीतयुद्ध मनस्थिति’ विरुद्ध चेतावनी दिएका छन् भने अर्कोतर्फ आफ्नो देशको अर्थव्यवस्थालाई सहज

SITENAME

अमेरिकालाई रुसले दियो कडा चेतावनी– सिरियामा सैन्य हस्तक्षेप नगर

बीबीसी । गत शनिबार सिरियामा रासायनिक हमला भएको खबर आएपछि अमेरिका लगायत सबै  पश्चिमी राष्ट्रहरुले संयुक्त राष्ट्र संघको बैठकमा आक्रामक प्रतिक्रिया

SITENAME

विदेश फेसबुक प्रकरणबारे जुकरवर्गले पहिलोपटक संसदमा दिए स्पष्टिकरण

बीबीसी । पछिल्ला दिनहरुमा गम्भीर आरोपका साथै विश्वव्यापी आलोचनाको सामना गर्दै आएको फेसबुक कम्पनीका पक्षमा स्पष्टीकरण दिन पहिलोपटक कार्यकारी