लेखाअधिकृत शेर्पाको विषयमा लेखा समितीले एक हप्ता भित्र छानविन गरी प्रतिवेदन बुझाउनुपर्ने

SITENAME

पाँचथर,कार्तिक ११,
पाँचथरको फिदिम नगरपालिकाका लेखाअधिकृत पेम्बा शेपाले सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको विषयमा सामाजिक संजालमा सार्वजनिक भएपछि लेखा समितीले एक हप्ता भित्रमा छानविन गरिसक्नुपर्ने भएको छ ।
 फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले लेखा समितीलाई आज एक हप्ताभित्र सत्य तथ्य बुझ्न निर्देशन सहितको पत्र दिनुभएको छ । 
समितीले आज एक प्रेस विज्ञिप्त जारी गर्दे पत्रकार सम्मेलन गरी चाँडो भन्दा चाँडो वास्ताविता सार्वजनिक गर्ने समितीका संयोजक नरेन्द्र गुरुङले बताउनुभयो । उहाँले लेखाअधिकृत शेर्पा दोषी देखिएमा कानुनी कारवाही गर्ने आश्वसन समेत आम नगरवासीलाई दिनुभएको छ । 
पत्रकार लवदेव ढुंगानाले गत कार्तिक ९ गते लेखाअधिकृत शेर्पाले फिदिम नगरपालिका ४ का मृत्यु भइसकेका जेष्ठ नागरिक भिमबहादुर लावती,कौशाल्यदेवी नेपाली,भगिरत्ना राई लगायतका जेष्ठनागरिकको आ.व. ०७३÷०७४ को सामाजिक सुरक्षाभत्ता भुलवश गएको भन्दै शेर्पाले आफ्नै  नाम्मा पत्र काटेर जम्मा गरेको भन्दै सामाजिक संजालमा सार्वजनिक गर्नुभएको थियो । 
उक्त सामाजिक संजालमा स्टाटस सार्वजनिक भएपछि लेखा समितीलाई फिदिम नगर प्रमुख नेम्बाङले लेखा समितीलाई पत्र काटेर छानविन गर्न निर्देशन दिनुभएको हो । 
यस्तै लेखा अधिकृत शेर्पाले भने बेंक बाट सोझै फिदिम नगरपालिकाको खातामा रकम ल्याउन नमिल्ने भएकोले ब्यक्तिको नाम्मा रकम ट्रान्सर्फमर गरेर कार्यालयकै नाम्मा जम्मा गरेको बताउनुभएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

छुट्टाछुटै मुद्धाका फरार प्रतिबादी पाँचथर प्रहरीद्धरा पक्राउ

चन्द्रकला नेम्बाङ (फिदिम) जिल्ला अदालत पाँचथरबाट बिभिन्न मुद्धा अन्तर्गत बिभिन्न मितिमा कैद तथा जरिवाना सजाय तोकि फरार रहेका  दुई जना प्रतिबादीलाई

SITENAME

फिदिम नगरपालिकाले निर्माण गरेको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण 

पाँचथर,कार्तिक २६, पाँचथरको फिदिम नगरपालिका १ स्थित फाल्गुनन्द चोकमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण गरिएको छ

SITENAME

क्यान्सर पीडित तुम्रोकको उपचारार्थ सहयोगको याचना

इगल संवाददाता (पाँचथर) क्यान्सर रोगबाट पीडित फिदिम नगरपालिका–६, याङदीन स्थायी घर भई हाल काठमाण्डौंको जोरपाटी बस्दै आएका पाँच बर्षिय नाबालक नोगेन