तिन वटा जिल्ला हेर्ने गरी फिदिममा जिल्ला स्वास्थ्य कार्यालय स्थापना

SITENAME

पाँचथर,कार्तिक ११,
संघिय संरचना अनुरुप जिल्ला जनस्वास्थ्य कार्यालय पाँचथरको कार्यालय हटेपछि तिन वटा जिल्ला हेर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको पुर्नस्थापना भएको छ । 
आज फिदिममा एक कार्यक्रमका वीच उक्त कार्यालयको उद्घाटन गरिएको हो । उद्घाटन गर्दे प्रतिनिधी सभा सदस्य वशन्त कुमार नेम्बाङले अन्योल भएको समयमा स्वास्थ्य कार्यालय संचालनपछि तिन जिल्लाका जनतालाई सहज हुने बताउनुभयो । यस्तै मुलुको समृद्धिका लागि अहिले राज्य एक कदम अघि वढ्नुपर्ने समय आएको बताउनुभयो । 


कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती प्रमुख बिष्णु प्रसाद सापकोटाले कर्मचारी,औषधीको अभाव,भौतिक पूर्वाधारको विकाश गर्न सक्ने मात्रै स्वास्थ्य क्षेत्रमा राखिएको लक्ष्य पूरा गर्न सकिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले जिल्ला स्वास्थ्य कार्यालयले गर्ने कार्यमा जिल्ला प्रशासन कार्यालय र आफूले सहयोग समन्वय गर्ने बताउनुभयो । 
यस्तै स्वास्थ्य निर्देशनालय विराटनगरका प्रमुख भूपेन्द्रराज डोटेलले महामारी रोग निन्त्रण तथा स्थानिय तह,प्रदेश सित समन्वय गरेर काम गर्न कार्यालय स्थापना भएको बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईले पाँचथर,ताप्लेजुङ र इलाम जिल्लालाई हेर्ने गरी यो कार्यालय स्थापना भएको जानकारी गराउनुभयो । 
उहाँका अनुसार कार्यालय प्रमुख सहित १० जना कर्मचारी रहने र इलाम र ताप्लेजुङमा २ जनाका दरले गरी जम्मा १४ जना कर्मचारी यस कार्यालयमा रहनेछन् । खोपको सुनिश्चतता गर्न,महामारीको नियन्त्रण लेखाजोखा गर्न,स्थानिय तहलाई सुदृढीकरण गर्न,प्रदेश र स्थानिय तह सित समन्वय गर्न उक्त कार्यालय खडा भएको उहाँले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

छुट्टाछुटै मुद्धाका फरार प्रतिबादी पाँचथर प्रहरीद्धरा पक्राउ

चन्द्रकला नेम्बाङ (फिदिम) जिल्ला अदालत पाँचथरबाट बिभिन्न मुद्धा अन्तर्गत बिभिन्न मितिमा कैद तथा जरिवाना सजाय तोकि फरार रहेका  दुई जना प्रतिबादीलाई

SITENAME

फिदिम नगरपालिकाले निर्माण गरेको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण 

पाँचथर,कार्तिक २६, पाँचथरको फिदिम नगरपालिका १ स्थित फाल्गुनन्द चोकमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण गरिएको छ

SITENAME

क्यान्सर पीडित तुम्रोकको उपचारार्थ सहयोगको याचना

इगल संवाददाता (पाँचथर) क्यान्सर रोगबाट पीडित फिदिम नगरपालिका–६, याङदीन स्थायी घर भई हाल काठमाण्डौंको जोरपाटी बस्दै आएका पाँच बर्षिय नाबालक नोगेन