सेक्स गर्दा पलङ भाँचियो, पलङ बनाउने कम्पनी विरुद्ध मुद्दा

SITENAME

दक्षिणपूर्वी इंगल्याण्डको बर्कशायर सहरमा एक जोडी दम्पत्तिले सम्भोगका क्रममा सावधानी नअपनाउँदा ठूलै सकस बेहोर्नुपरेको छ । सेक्स गर्दा पलङ नै भाँचिएपछि उत्तानो परेकी महिला भुइँमा बजारिँदा गम्भीर घाइते भएकी छिन् ।

उनको मेरुदण्डमा चोट लाग्दा उनको शरीर प्यारालाइज्ड भएको छ । समाचार अनुसार स्थानीय जोन नामका पुरुष उनकी क्लेयर नामकी पार्टनरसँग सम्भोगमा लीन थिए । तर एक्कासी उनीहरु यौनक्रिडा गरिरहेको पलङ भाँच्चियो र भुइँमा बजारिन पुगे ।
जोन मार्सलका अनुसार पलङ भाँचिएर भुइँमा बजारिएपछि उनी जुरुक्कै उठे तर क्लेयर भने लडिरहिन् । उनी जोडले हाँसे र क्लेयरलाई उठ्न भने । तर क्लेयर उठ्न सकिनन् ।

किनकी उनको मेरुदण्डमा गम्भीर चोट लागेको थियो । उनको जिउको माथिल्लो भाग नचल्ने भएको थियो ।सेक्स गर्दा पलङ भाँचिएर जिउ नै नचल्ने भएकी ती महिलाले पलङ बनाउने कम्पनी विरुद्ध मुद्दा हालेकी छिन् ।

उनले केही दिनअघि मात्र उक्त बेड खरीद गरेकी थिइन् । लण्डन उच्च अदालतमा यो मुद्दामा सुनुवाई भएको छ । उनले पलङकै कमजोरीका कारण दुर्घटना भएको दाबी गरेकी छिन् । पलङ उत्पादक कम्पनीले भने यस्तो आरोप अस्विकार गरेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच ऐतिहासिक भेटवार्ता

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान

SITENAME

चिनियाँ राष्ट्रपति सी बने विश्वकै शक्तिशाली व्यक्ति

फोर्ब्सले यस वर्ष सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चित्रित गरेको छ । पत्रिकाले हरेक वर्ष प्रकाशित गर्ने

आजीवन जेलमै सड्नेछन् आसाराम बापू

नाबालिग बालिकालाई बलात्कार गरेको मामिलामा जोधपुर अदालतले धर्मगुरु आसाराम बापूलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ ।  आसारामको अलावा