स्पेनिस ला लिगाः बार्सिलोना शीर्ष स्थानमा उक्लियो, मेस्सिलाई गम्भिर चोट

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेभिल्लालाई ४–२ ले हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लिएको हो । बार्सिलोनाको जितमा लुइस सुवारेज, लियोनेल मेस्सी, इभान राकिटीक र फिलिप कोटिन्होले गोल गरे ।

सेभिल्लाका पाबलो सराबिया र लुइस मुइरेलले गोल गरे । शनिबार रातिको खेल जितेपनि बार्सिलोनालाई झड्का लागेको छ । खेलका क्रममा पाखुरामा चोट लागेपछि मेस्सीले ३ हप्ता खेल्न नसक्ने भएका छन् ।
उनले प्रतियोगिताको इएल क्लासिको खेल्न नसक्ने बीबीसीले जनाएको छ । प्रतियोगितामा रियल मड्रिडको खराब प्रदर्शन शनिबार पनि जारी रह्यो ।

पछिल्ला पाँच खेलमध्ये चौथो हार ब्यहोर्ने क्रममा रियल लेभाण्टेसँग २–१ ले पराजित भएको हो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

दोस्रो कुम्मायक गोल्डकपको उपाधि भिडन्त आयोजक र हिलिहाङ स्र्पाेटिङ विच हुने

इगल संवाददाता (कुम्मायक) हिलिहाङ स्पोर्टिङ क्लव कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा जारी दोस्रो करेन्ट कुम्मायक गोल्डकप फुटवल प्रतियोगिताको

SITENAME

तरुण गोल्डकपमा तुम्बेवा स्र्पाेटिङ क्लव उपाधि नजिक 

इगल संवाददाता (फिदिम) पाँचथरको फिदिममा जारि तरुण गोल्डकप फुटबल प्रतियोगितामा तुम्बेवा स्र्पाेटिङ क्लव उपाधि नजिक पुगेको छ ।  फिदिम माविको

SITENAME

ए डिभिजन लिगः बुद्ध चेम्जोङ र रञ्जन विष्टको गोलमा थ्रीस्टारको विजयी सुरुवात

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्रीस्टार विजयी भएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको पहिलो खेलमा फ्रेण्ड्स