अमेरिकालाई रुसले दियो कडा चेतावनी– सिरियामा सैन्य हस्तक्षेप नगर

SITENAME

बीबीसी । गत शनिबार सिरियामा रासायनिक हमला भएको खबर आएपछि अमेरिका लगायत सबै  पश्चिमी राष्ट्रहरुले संयुक्त राष्ट्र संघको बैठकमा आक्रामक प्रतिक्रिया दिँदै सैन्य कारबाही अघि बढाउने बताएका हुन् । तर सिरियाली सेनासँग आबद्ध रुसले भने अमेरिकालाई सो विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।

संयुक्त राष्ट्र संघमा रुसका राजदुत भेसिलि नेबेन्जियाले मंगलबार भने, ‘अमेरिका अहिले सिरियाबाट टाढै रहेको राम्रो हुनेछ । यदि अमेरिकाले अवैध ढङ्गले सैन्य कार्य अघि बढाएमा त्यसको भयानक परिणाम भोग्नुपर्ने हुन्छ ।’

तर पश्चिमी राजनीतिज्ञहरुले भने डोउमा आक्रमणका जिम्मेवारहरुलाई लक्षित गर्न संयुक्त रुपमा काम गर्नेमा सहमति जनाइसकेका छन् । फ्रान्सका राष्ट्रपति इमान्युअल म्याक्रोनले यसअघि नै सिरियाली सरकारको रासायनिक क्षेत्रमा लक्षित गरि प्रहार गर्ने बताएका थिए । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रासायनिक हमला विरुद्ध कडा प्रतिउत्तर दिने भन्दै सिरियाली मुद्दामा केन्द्रित रहन यस साताका सबै विदेश भ्रमण समेत रद्द गराइसकेको वासिङटनले बताएको छ ।

त्यसैकारण आउँदो ७२ घण्टासम्म सिरियामा हवाइ आक्रमण हुन सक्ने खतरा रहेकाले युरोपियन हवाइ ट्राफिक कन्ट्रोल एजेन्सीले मंगलबार नै पूर्वी मेडिटेरियन क्षेत्रका सबै एयरलाइनलाई सावधान रहन सेचत गराइसकेको छ ।  

शनिबार सिरियाका विद्रोही कार्यकर्ता लगायत उद्धारकर्ताहरुले दर्जनौँ मानिसहरु रासायनिक हमलाका कारण मारिएको बताएपछि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले आपत्कालिन बैठक बोलाएको थियो । तर परिषद्का स्थायी सदस्य, रुस र अमेरिका दुवैले एकअर्का विरुद्ध नै भिटो प्रयोग गरेपछि वार्ता बिना निष्कर्ष टुङिगएको थियो । 

बैठकमा अमेरिकी राजदुत निक्की हेलेले रुसमाथि गम्भीर आरोप लगाएपछि विवादले झन ठूलो रुप लिएको बताइन्छ । सिरियाली विषयमा अन्य देशले अर्थपूर्ण कार्य अघि बढाउनु पूर्व नै रुसले भिटो लगाएर सबै योजना खारेज गरिदिने गरेकाले सुरक्षा परिषद्को विश्वसनीयता नै हराइसकेको भन्दै निक्कीले विरोध जनाएकी हुन् । त्यसकारण सिरियामा सैन्य कारबाही अघि बढाउनु नै उचित हुने उनको भनाइ छ ।

तर रुसबाट सैन्य सहयोग लिँदै आएको बसर अल अस्सदको सरकारले भने सो हमलामा आफ्नो कुनै हात नरहेको दाबी गरिरहेको छ । त्यसैकारण बेलायतकी प्रधानमन्त्री टेरेजाले उनीविरुद्ध बलियो प्रमाण नभेट्टाएसम्म अमेरिकालाई सैन्य कारबाही अघि नबढाउन आग्रह गरेकी छन् । अहिले रासायनिक हतियारमाथि रोक लगाउने संस्थाको टोली उक्त हमलाको निरीक्षण गर्न सिरिया जाने तयारी गरिरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच ऐतिहासिक भेटवार्ता

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान

SITENAME

चिनियाँ राष्ट्रपति सी बने विश्वकै शक्तिशाली व्यक्ति

फोर्ब्सले यस वर्ष सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चित्रित गरेको छ । पत्रिकाले हरेक वर्ष प्रकाशित गर्ने

आजीवन जेलमै सड्नेछन् आसाराम बापू

नाबालिग बालिकालाई बलात्कार गरेको मामिलामा जोधपुर अदालतले धर्मगुरु आसाराम बापूलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ ।  आसारामको अलावा