तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते

(तनहुँ)  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा ना ४ ख ७८४१ नम्बरको बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

आइतबार अपराह्न दुर्घटनामा परेको बस लमजुङको बेसीशहरबाट मुग्लिनतर्फ जाँदै गरेको अवस‍्थामा अनियन्त्रित भएर आँबुखैरेनी गाउँपालिका–२, नारीघाटमा सडकबाट १५ मिटर तल खसेको थियो । 

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको छिम्केश्वरी अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । (उज्यालोबाट)

प्रतिकृया दिनुहोस
SITENAME

पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने

पाँचथर,कार्तिक २६, पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको  छ ।  राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले आज सदरमुकाम

SITENAME

दशैमा ससुराली आएका युवकको पोखरीमा डुबेर मृत्यु

(दाङ) दाङको घोराहीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा घर भइ हाल घोराही उप(महानगरपालिका वडा नम्बर(१६, बाहुनडाँडा ससुरालीमा

SITENAME

नक्कली नोटसहित पाँचजना पक्राउ

   (काठमाडौं)  रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको छ । शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि खोजी