ए डिभिजन लिगः बुद्ध चेम्जोङ र रञ्जन विष्टको गोलमा थ्रीस्टारको विजयी सुरुवात

SITENAME

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्रीस्टार विजयी भएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।ललितपुर डर्बीको रुपमा हेरिएको यस खेलमा थ्रीस्टारले पहिलो हाफको १६ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । 


थ्रीस्टारका लागि रन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको थ्रीस्टारले दोस्रो हाफमा पनि १ गोल थपेको थियो ।दोस्रो हाफको ८३औं मिनेटमा गोल गर्दै थ्रीस्टारले २–० को अग्रता बनाएको थियो । उसका लागि बुद्धराज लिम्बुले गोल गरेका थिए ।


१० मिनेट समय थपिएकोमा अतिरिक्त समयको पहिलो मिनेटमा फ्रेन्ड्सले एक गोल फर्काएको थियो । फ्रेन्ड्सका लागि विकास लामाले गोल गर्दै थ्रीस्टारका अग्रतालाई  २–१ मा ल्याएका थिए ।

प्रतिकृया दिनुहोस
SITENAME

दोस्रो कुम्मायक गोल्डकपको उपाधि भिडन्त आयोजक र हिलिहाङ स्र्पाेटिङ विच हुने

इगल संवाददाता (कुम्मायक) हिलिहाङ स्पोर्टिङ क्लव कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा जारी दोस्रो करेन्ट कुम्मायक गोल्डकप फुटवल प्रतियोगिताको

SITENAME

तरुण गोल्डकपमा तुम्बेवा स्र्पाेटिङ क्लव उपाधि नजिक 

इगल संवाददाता (फिदिम) पाँचथरको फिदिममा जारि तरुण गोल्डकप फुटबल प्रतियोगितामा तुम्बेवा स्र्पाेटिङ क्लव उपाधि नजिक पुगेको छ ।  फिदिम माविको

स्पेनिस ला लिगाः बार्सिलोना शीर्ष स्थानमा उक्लियो, मेस्सिलाई गम्भिर चोट

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेभिल्लालाई ४–२ ले हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लिएको