फिदिम नगरले १४ वटै वडाका उपभोक्ताहरुलाई योजनाको विषयमा धमाधम तालिम दिँदै

SITENAME

पाँचथर,असोज २१,
पाँचथरको फिदिम नगरपालिकाले नगरका १४ वटै वडाका उपभोक्ता समितीका उपभोक्ताहरुलाई योजनाको विषयमा अभिमुखीकरण दिने उद्धेश्यले धमाधम तालिम संचालन गरेको छ । 
यसैक्रममा आइतबार फिदिम नगरपालिका ८ स्थित पौवाभन्ज्याङ आसपासका स्थानियलाई लक्षित गरेर अभिमुखीकरण तालिम दिइएको हो ।
 तालिमको उद्घाटन सत्रमा बोल्दै फिदिम नगर प्रमुख ओनाहाङ नेम्बाङले सम्झौता अनुरुपको उत्कृष्ट र गुणस्तरी योजना सम्पन्न गर्ने उपभोक्ता समितीलाई पुरुस्कार र सम्झौता अनुसारको काम नगर्ने उपभोक्ता समितीलाई दण्ड गर्दे जाने बताउनुभयो ।
 फिदिम ८ का वडा अध्यक्ष शेर बहादुर नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फिदिम नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत डम्बर बहादुर आङदेम्बे, मिम्लाजुङ गाउँपालिकाका प्रशासकिय अधिकृत अरुण राईले सहजीकरण गर्नुभएको थियो ।
 तालिममा योजना छनौट,सम्झौता,भुक्तानी गर्दा आवश्यक पर्ने कागजातहरु  लगायतका विषयमा सहजीकरण गरिएको थियो । तालिमको संचालन फिदिम नगर योजना फाँट प्रमुख सुरेश सुवेदीले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

खडेरी प्रभावितलाई दशैँको मुखमा राहात प्रदान

खडेरी प्रभावितलाई दशैँको मुखमा राहात प्रदान पाँचथर,असोज २६, चाडपर्वको बेला सुक्खा क्षेत्र प्रभावित पाँचथरको तुम्बेवा गाउँपालिकाका खडेरी प्रभावित

SITENAME

नेपाल कम्यूनिष्ट पाटी जिल्ला कार्य समिती पाँचथरको पाटी कार्यालय उद्घाटन

पाँचथर,असोज २४, नेपाल कम्यूनिष्ट पाटी जिल्ला कार्य समिती पाँचथरको सदरमुकाम फिदिममा आज पाटी कार्यालय उद्घाटन गरिएको छ ।  तत्कालिन नेकपा एमाले र

SITENAME

चाडपर्वलाई लक्षित गरी संचालन गरिएको यात्रु सहायता कक्ष स्थापना भएपछि यात्रुलाई सहज

पाँचथर,असोज २३, चाडपर्वको समयमा यात्रुहरुलाई सहज होस् भन्ने उदेश्यले पाँचथरको सदरमुकाम फिदिममा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहायत कक्ष