विदेश फेसबुक प्रकरणबारे जुकरवर्गले पहिलोपटक संसदमा दिए स्पष्टिकरण

SITENAME

बीबीसी । पछिल्ला दिनहरुमा गम्भीर आरोपका साथै विश्वव्यापी आलोचनाको सामना गर्दै आएको फेसबुक कम्पनीका पक्षमा स्पष्टीकरण दिन पहिलोपटक कार्यकारी अधिकृत मार्क जुकरवर्ग अमेरिकी सीनेट सामु प्रस्तुत भएका हुन् । पाँच घन्टासम्म लगातार सिनेटहरुका जटिल प्रश्नको जवाफ दिँदै मंगलबार जुकरवर्गले फेरि सार्वजनिक रुपमा फेसबुकको गल्ती स्वीकार गरेका छन् । 

४४ सिनेटरहरुको उपस्थिति रहेको सो बैठकको सुरुवातमै  जुकरवर्गले क्याम्ब्रिज एनालिटिका प्रकरण, फेक न्युज, वैदेशिक चुनावमा हस्तक्षेप, घृणात्मक तथा भड्कीलो सन्देश र गोपनीयता जस्ता विषयमा आफ्नो तर्फबाट पर्याप्त कदम नउठाइएको प्रस्ट पारेका हुन् । तरपनि आफूले फेसबुक सम्बन्धि समस्याको जिम्मा लिनबाट कहिल्यै पछि नहटेको भन्दै जुकरवर्गले फेसबुकबाट धेरै ठूलो गलती भएकोमा फेरि माफी मागेका हुन् ।

त्यसरी ठूलो सङ्ख्यामा उपस्थित रहेका सिनेटहरुको लगातार प्रश्नको घण्टौँसम्म जवाफ दिइरहनु सहज नभएपनि जुकरवर्गले हरेकपटक निडर भइ शिर उठाएर उत्तर दिइ सबैलाई अचम्मित पारेका हुन् । उनले भने, ‘आजसम्म फेसबुक विभिन्न टुलमा सुधार ल्याउन मात्र केन्द्रित रहँदै आएको थियो । तर अब भने हामी सानो कुरामा पनि सचेतता अपनाउनतर्फ जोड दिनेछौँ ।’

यसअघि क्याम्ब्रिज एनालिटिकाले फेसबुकमार्फत ५ करोड अमेरिकी जनताको व्यक्तिगत जानकारी अवैध तरिकाले हासिल गरि राजनीतिक प्रचारमा प्रयोग गरेको समाचार प्राप्त भएको थियो । यसै खबरपछि फेसबुकले सबैतिरबाट आलोचनाको सामना गर्नुपरेको हो । 

त्यसैगरी जुकरवर्गमाथि यसअघि एप्पलका मालिक टम कुकले ‘प्रयोगकर्ताको जानकारी विज्ञापनदातालाई बेच्ने गरेको’ आरोप लगाएका थिए । 

जुकरवर्गले यसको पनि स्पष्टिकरण दिँदै सो भनाइलाई गलत ठहर्याएका हुन् । उनले भने, ‘हाम्रो कम्पनीले सबै वर्गका प्रयोगकर्तालाई लक्षित गरिे सस्तो र भरपर्दो सेवा दिने उद्देश्यले विज्ञापन राख्न आवश्यक ठान्दै आएको छ । त्यसकारण फेसबुकलाई विज्ञापन मुक्त बनाइयो भने  निःशुल्क सेवा बन्द गराइनुपर्छ ।’ 

३३ वर्षीय जुकरवर्गले आफ्नो कम्पनीलाई रुससँग सबैभन्दा बढी खतरा रहेको पनि खुलासा गरेका छन् । रुसको प्रविधि र फेसबुकबीच हरेक कदममा प्रतिस्पर्धा भइरहेकाले उनीहरुभन्दा एक कदम अगाडि हुन फेसबुक निरन्तर प्रयास गरिरहेको उनले बताए । रुसले लामो समयदेखि फेसबुकलाई हतियारका रुपमा प्रयोग गर्दै आएकाले त्यसलाई रोक्न फेसबुकले यसअघि पनि धेरै चुनौतिको सामना गरिसकेको उनले बताए ।

प्रतिकृया दिनुहोस
SITENAME

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच ऐतिहासिक भेटवार्ता

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान

SITENAME

चिनियाँ राष्ट्रपति सी बने विश्वकै शक्तिशाली व्यक्ति

फोर्ब्सले यस वर्ष सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चित्रित गरेको छ । पत्रिकाले हरेक वर्ष प्रकाशित गर्ने

आजीवन जेलमै सड्नेछन् आसाराम बापू

नाबालिग बालिकालाई बलात्कार गरेको मामिलामा जोधपुर अदालतले धर्मगुरु आसाराम बापूलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ ।  आसारामको अलावा