फिदिम नगरले दियो फिदिम १४ नम्बर वडामा योजना तथा कम्प्यूटरको विषयमा तालिम

SITENAME

पाँचथर,असोज १९,
पाँचथरको फिदिम नगरपालिका १४ लुङरुपामा दुई दिने योजना तथा कम्प्यूटर अभिमुखीकरण तालिम शुक्रबार सम्पन्न भएको छ ।
तालिमको समापन समारोहमा बोल्दै फिदिम वडा नम्बर १४ का वडा अध्यक्ष हेम बहादुर फागोले यो तालिम अत्यन्तै आवश्यक रहेको बताउँदै अब संचालन हुने योजना गुणस्तरीय र प्रभावकारी किसिमबाट अघि वढ्ने आशा ब्यक्त गर्नुभयो । 
नगरपालिका र वडाका गरी १ सय वटा वढि योजना संचालन हुने हुँदा त्यस योजना सँग सम्वन्धित १ सय १० जना उपभोक्ता समितीका पदाधिकारी तथा सदस्यहरुलाई तालिम दिइएको वडाका प्रवक्ता प्रताप राईले बताउनुभयो ।
योजनाका विषयमा योजना तथा प्रशासकिय अधिकृत डम्बर बहादुर आङदेम्बे,तथा योजना फाँट प्रमुख सुरेश सुवेदीले तालिम दिनुभएको थियो ।
 यस्तै कम्प्यूटर सम्वन्धी तालिम भने कम्प्यूटर आइसिटी उर्वशी श्रेष्ठ र कम्प्यूटर अपरेटर तुलाराम रिमालले गर्नुभएको थियो । कम्प्यूटर तालिम भने वडा अध्यक्ष,सचिव तथा कार्यालय सहयोगीलाई प्रशिक्षण दिइएको थियो ।
यो तालिम पश्चात अव फिदिम १४ का स्थानियले एकीकृत सम्पत्ति कर बुझाउन,घटना दर्ता,पंजीकरण जस्ता कार्य वडा कार्यालय बाटै पाउने भएको वडा सचिव दुर्गा प्रसाद पोख्रेलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।