चाडपर्वलाई लक्षित गरी पाँचथरको फिदिममा गरियो बजार अनुगमन

SITENAME

अधिकांश पसलले मूल्यसूची नराखेको हुँदा तिन दिन भित्र मूल्य सूची राख्न दियो समितीले निर्देशन
पाँचथर,असोज १९,
चाडपर्वलाई लक्षित गरेर पाँचथरको फिदिममा आज बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा फिदिमका दैनिक उपभोग्य सामाग्री विक्री गर्ने पसलहरुमा मूल्य सूची नराखिएको पाइएको हो । 
ठूला पसलहरुले मात्रै मूल्य सूचीहरुयस्तै कतिपय पसलहरुले खाद्यन्न विक्री गर्ने पसलमा सम्वन्धित निकाय  बाट अनुमति नै नलिई सुर्तिजन्य पदार्थहरु विक्री वितरण गरेको पाइएको थियो ।
 कतिपय पसलहरु दर्ता प्रक्रियामा नै नगई संचालनमा रहेको पाइएको र पहिल्यैको तुलनामा म्याद गुज्रिएका सामानहरु भने कम फेला परेको पाइएको अनुगमन समितीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर बस्नेतले बताउनुभयो । 
उहाँले भन्नुभयो,“होलसेलर पसलमा मात्रै मूल्य सूची राखेको र साना किराना पसलमा मूल्य सूची नराखिएको हुँदा उनीहरुलाई तिन दिन भित्र मूल्य सूची राख्न सुझाव दिएका छौ ।”
यस्तै उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दीपक नेपालले पहिल्यैको तुलनामा अहिले बजारमा म्याद गुज्रिएका सामानहरु भेटिएको बताउनुभयो । उहाँले भन्नुभयो,“अहिले उपभोक्ता पनि सचेत भएका र कम्पनीले पनि म्याद गुज्रिएका सामानहरु फिर्ता लैजाने हुँदा कम मात्रै म्याद गुज्रिएका सामानहरु भेटिएको हुन सक्छ ।” 
सदरमुकाम फिदिम बजारमा पसल दर्ता भएका र म्याद गुज्रिएका सामानहरु कमै मात्रै भेटिन्छ तर गाउँका बजारमा भने दर्ता नै नगरी ब्यवसाय संचालन गर्ने गरेको,म्याद गुज्रिएका सामानहरु विक्री गर्ने गरेको पाइएको अनुगमन समितीमा संलग्न जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा प्रकाश अधिकारीले बताउनुभयो । 


 

प्रतिकृया दिनुहोस
SITENAME

बजार अनुगनका क्रममा ब्यापारीले कालो बजारी गरेको पाइयो

पाँचथर,कार्तिक १३,  पाँचथरको सदरमकाम फिदिम बजारको आज अनुगमन गरिएको छ । अनुगमनका क्रममा कालो बजारी गरेर सामानहरु विक्री गर्ने गरेको पाइएको पाँचथरका

SITENAME

फिदिम नगरले दियो सवै वडाका महिलाहरुलाई अचार बनाउने तालिम

पाँचथर,जेठ २९, स्थानिय स्रोत साधनलाई उपयोग गरी अचार बनाई कृषिजन्य उत्पादनको बजारीकरण गर्ने उद्धेश्यले पाँचथरको फिदिम नगरपालिकाले नगरपालिका भित्रका

SITENAME

समयमै आयोजनाको काम नसक्ने निर्माण ब्यवसायिलाई कानुनी दायरमा ल्याउन सरोकारवालाको माग

हेलचेक्रयाई गरी समयमै आयोजनाको काम नसक्ने निर्माण ब्यवसायिलाई कानुनी दायरमा ल्याउन सरोकारवालाको माग जितेन्द्र भण्डारी÷ पाँचथर,जेठ १६, उन्नति