डिफेन्डिङ च्याम्पियन नेपाल पहिलो खेलमा हार्‍यो

SITENAME

बंगबन्धु गोल्डकपको पहिलो खेलमा गत संस्करणको विजेता नेपालले ताजिकिस्तानसँग २–० गोल अन्तरले पराजय व्यहोरेको छ । बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा भएको खेलको २७औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका जर्सी नम्बर १० का खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । 

ताजिकिस्तानका कप्तान जर्सी नम्बर १८ का खेलाडी फाथ्खुल्लो फाथुएल्लोभले पेनाल्टीलाई गोलमा परिणत गर्दै नेपालविरुद्ध एक–शून्यको अग्रता बनाएका थिए । 

दोस्रो हाफको  ६८ औँ मिनेटमा ताजिकिस्तानका जर्सी नम्बर ९ का खेलाडी टुरीनोभ कोमरोनले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

नेपालले पटक(पटक आक्रमणको प्रयास गरे पनि गोल भने गर्न सकेन ।नेपालले आउँदो शनिबार प्यालेस्टाइनसँग खेल्नेछ । आजै भएको पहिलो खेलमा आयोजक राष्ट्र बंगलादेशले लाओसलाई एक(शून्यले हराउँदै विजयी सुरुवात गरेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

जोरपोखरीमा आयोजित फुटवल प्रतियोगिताको उपाधि फिदिम स्पोर्टिङको पोल्टामा

इगल सम्वाददाता (हिलिहाङ) वाला चतुरदर्शि मेलाको अवसरमा पाँचथरको जोरपोखरी वजारमा सम्पन्न फुटबल  प्रतियोगिताको उपाधि फिदिम स्र्पाेटिङ क्लव पाँचथरले

SITENAME

 मोड्रिचले जित्यो बालोन डी ओरको उपाधि, मेस्सी र रोनाल्डो युग अन्त्य

क्रोयसियाका मिडफिल्डर लुका मोड्रिचले बालोन डी ओरको उपाधि जितेका छन् । फिफा वर्ष खेलाडी समेत बनेका मड्रिचले फाइनलमा क्रिस्टियानो रोनाल्डो र लियोनल

SITENAME

फाल्गुनन्द गोल्डकपको १० औँ सँस्करण पुष २१ देखि सञ्चालन हुने

इगल सम्वाददाता (फिदिम) १६ औँ राष्ट्रिय विभुती फाल्गुनन्द लिङदेनको सम्झाना पाँचथरको सदरमुकाम फिदिममा विगत १० वर्षदेखि सञ्चालन हुदैं आएको पुर्वको