अमेरिकाको मेरिल्याण्डमा भएको गोलीकाण्डमा पर्वतकी ४५ वर्षीया गिरीको ज्यान गयो

SITENAME


 अमेरिकाको मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा बिहीबार भएको गोली काण्डमा ज्यान गुमाउने ४ जनामध्ये एक जना नेपाली महिला भएको प्रहरीले जनाएको छ ।  गोली लागेर ज्यान गुमाउनेमा पर्वत घर भएकी ४१ वर्षीया वृन्दा गिरी रहेकी छिन् । त्यस्तै गोली लागेर घाइते हुनेमा पूर्ण आचार्य रहेका छन् ।

घाइते आचार्यको अहिले स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।मृतक गिरी साढे पाँच महिना अघि मात्र अमेरिका आएकी उनको आफन्तले जनाएका छन् । उनका १४ वर्षीया छोरी र ११ वर्षीय छोरा रहेको अमेरिकाबाट सञ्चालन हुने नेपलिज डायस्पोरा डट कमले जनाएको छ । 

बाल्टिमोरभन्दा ३५ माइल उत्तर पूर्व एबरडिनमा रहेको राइट एड कम्पनीको वितरण केन्द्रभित्र बिहीबार गोली चलेको थियो । केन्द्रमा पार्ट टाइम काम गर्ने २६ वर्षीया महिला स्नोचिया मोज्लीले गोली चलाएको प्रहरीले जनाएको छ । 

अरुलाई गोली हानेर उनले आफैलाई पनि गोली हानेको र उपचारका क्रममा अस्पतालमै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।(उज्यालोबाट)

प्रतिकृया दिनुहोस
SITENAME

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको

SITENAME

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्नुपर्ने—गैसस

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्नुपर्ने—गैसस पाँचथर,असार २, गत जेष्ठ २५ गते सरकारले संघ संस्थाहरुलाई नियन्त्रण गर्ने

SITENAME

कुमायकमा अपांगता परिचय पत्र वितरण

कुमायकमा अपांगता परिचय पत्र वितरण पाँचथर,जेठ २२, पाँचथरको कुमायक गाउँपालिकामा प्रत्येक वडामै गएर अपांगता परिचय पत्र वितरण गरिएको छ । महिला तथा