शहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिकः एनआरटी र आर्मीबीच उद्घाटन खेल

SITENAME


इगल संवाददाता– पाँच वर्षपछि हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा विभागी त्रिभुवन आर्मी क्लब र न्युरोड टिम ९एनआरटी० बीच उद्घाटन खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० अन्तर्गतको लिग कमिटिले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा आर्मीले एनआरटीसँग खेल्नुपर्ने भएको हो । खेल एन्फा कम्पलेक्स सातदोबाटोमा दिउसो तीन बजेपछि शुरु हुनेछ । लिग कमिटिले ‘ए’ डिभिजन लिगमा सहभागी सबै १४ टिमलाई एक सिडमा राखेर खेल तालिका सार्वजनिक गरेको हो ।

लिग १३ असोजबाट शुरु हुदैछ ।लिग कमिटिका संयोजक विज्ञानराज शर्माले बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने पक्का भए लिगका खेलहरुममा पुर्नविचार गरिने बताएका छन् ।


नेपाली फुटबलमा ‘एल क्लासिको’ मानिने थ्री स्टार क्लब र मनाङ–मस्र्याङ्दीबीचको खेल तेस्रो राउन्डमा हुनेछ । खेल २४ असोजमा एपीएफ मैदान हल्चोकमा हुनेछ ।दोस्रो दिन दुई खेल हुनेछ । ब्रिगेड ब्वाइजले मनाङ–मस्र्याङ्दी क्लबसँग खेल्नेछ । सोही दिन मछिन्द्र क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछ । तेस्रो दिन ललितपुर डर्बी फ्रेन्डस् कलब कुपन्डोल र थ्री स्टार क्लबबीच खेल हुनेछ । सोही दिन जावलाखेल क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।१६ असोजमा हिमालयन शेर्पा र एपीएफ क्लब तथा सरस्वती युथ क्लब भर्सेस संकटा युथ क्लबबीच खेल हुने छ ।

 

रेलिगेसन विनाको लिग ३० पुससम्म चल्नेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लबकबो सहभागिता छ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ । लिगको विजेताले ५० लाख पाउने छ । दोस्रो हुनेले ३५ लाख पाउनेछ । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् ।  तेस्रो हुने टोलीले २५ लाख तथा चौथोले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै एन्फाले पाँचौं हुनेलाई ७ लाख र छैटौं हुनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । यसबाहेक लिगको अनुशासित टोलीले १ लाख रुपैयाँ पाउनेछ ।

 

विधागत रुपमा उत्कृष्ट प्रशिक्षक तथा खेलाडी ९गोलकिपर, डिफेन्स, मिडफिल्ड र फरवार्ड० ले मोटरसाइकल प्राप्त गर्नेछन् । १४ टोली सम्मिलित प्रतियोगितामा राउण्ड रोबिन लिग प्रणालीमा खेलाइनेछ । यसको मतलब लिगमा कुल ९१ खेल हुनेछन् । प्रत्यक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने पनि एन्फाले जानकारी दिएको छ ।

एन्फाले यसपटक खेल मिलेमतोलाई निरुत्साहित गर्न प्रत्यक खेलको विजेता टोलीलाई पनि पुरस्कार राशीको व्यवस्था गरेको छ । एन्फाको नयाँ प्रावधान अनुसार प्रत्यक खेलको विजेता टोलीले ५० हजार रुपैयाँ पाउनेछन् । यदि खेल बराबरी भएको खण्डमा भने दुवै टोलीले १५९१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसबाहेक एन्फाले लिग तयारी खर्च स्वरुप प्रत्यक क्लबलाई २० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

ए डिभिजन लिगः बुद्ध चेम्जोङ र रञ्जन विष्टको गोलमा थ्रीस्टारको विजयी सुरुवात

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्रीस्टार विजयी भएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको पहिलो खेलमा फ्रेण्ड्स

SITENAME

 डिफेन्डिङ च्याम्पियन नेपाल पहिलो खेलमा हार्‍यो

बंगबन्धु गोल्डकपको पहिलो खेलमा गत संस्करणको विजेता नेपालले ताजिकिस्तानसँग २–० गोल अन्तरले पराजय व्यहोरेको छ । बंगलादेशको सिलेट डिस्ट्रिक्ट

SITENAME

समूह विजेता बन्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा, बँगलादेश २–० ले पराजित

नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइलनमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई दुई शून्यले हराउँदै नेपाल समूह विजेता बन्दै