स्वास्थ्य र शिक्षाको जिम्मा अव सरकारले लिन्छ—आर्थिक मामिल तथा योजनामन्त्री मौसम

SITENAME

पाँचथर,भदौ ३०,
पूर्वी पहाडि भेगमा कुनै बेला त्यस्तो समय थियो,त्यस भेला विरामी परियो भने डोकोमा हालेर स्वास्थ्य चौकी तथा अस्पताल लैजानुपर्दथ्यो, तर अहिले पहाडि तथा दुर्गम भेगका जनताको स्वास्थ्य क्षेत्रमा पहुँच पुगेको छ । 
पहुँच त पुग्यो तर दक्ष चिकित्सक तथा आवश्यक उपकरण नहुँदा र दरवन्दी अनुसारका चिकित्सकहरु अस्पतालमा आउन नमान्दा र नवस्दा यस भेगका जनताले सास्ती समेत खेप्न वाध्य छन् । यहाँ अहिले जिल्लामा अहिले एउटा जिल्ला अस्पताल र दुई वटा प्राथामिक स्वास्थ्य केन्द्र र विभिन्न स्वास्थ्य,उपस्वास्थ्य चौकी र गाउँघर क्लिनिक समेत रहेका छन् । 
तर त्यहाँ अप्रेशन गर्नुपर्ने जटिल प्रकृतिका रोगको उपचार हुन सक्दैन्,त्यसका लागि कि त झापा तथा कि त भारतको सिलगुढी,काठमान्डौँका महँगा अस्पतालहरु धाउनुको कुनै उपाय छैन्,तर पूर्वी पहाडि भेगका जनताको स्वास्थ्यमा पहुँच पुरयाउने उद्धेश्यले एउटा निजी अस्पताल संचालनमा आएको छ । 
जसको शनिबार एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा उद्घाटन गरियो । यो अस्पतालले पूर्वी पहाडि भेगका पाँचथर,तेह्रथुम,ताप्लेजुङ लगायत क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुरयाउने उदेश्यले अस्पताल संचालनमा ल्याएको अस्पताल विकाश समितीका अध्यक्ष महेश्वर तिम्सिनाले बताउनुभयो ।
औपचारिक कार्यक्रमको प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङबो मौसमले उद्घाटन गर्नुभयो । 
पाँचथरको फिदिममा शनिबार समर्पित अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले अव निजी क्षेत्रले स्वास्थ्य र शिक्षा क्षेत्रमा अस्पताल र विद्यालय खोल्ने कार्यमा प्रतिस्पर्धा नगर्न आग्रह गर्दे यसको जिम्मा राज्यले लिने बताउनु भएको हो ।  शिक्षा र स्वास्थ्य मौलिक हक अन्र्तगत रहेको हुँदा यस क्षेत्रको सवै जिम्मा राज्यले लिने बताउँदै अव सरकारी स्वास्थ्य क्षेत्र बाट दिने सेवा गुणस्तर बनाउँदै लैजाने उल्लेख गर्नुभयो । यस्तै शिक्षा क्षेत्रमा राज्यले लगानी गरेपनि निजी क्षेत्रको जस्तो परिणाम आउन नसकेको बताउँदै अव शिक्षामा क्षेत्रमा गुणस्तरीय सुधारका लागि लाग्ने बताउनुभयो ।
उहाँले निजी क्षेत्रले गर्ने कार्यमा सरकार पनि हातेमालो गरेर अघि वढ्ने बताउँदै यसका लागि निजी क्षेत्रले सरकारलाई सहयोग पुरयाउने किसिमका कार्यक्रम गर्नुपर्ने बताउनुभयो । कृषि,पशुपालन,उद्योग कलकारखाना खोल्न निजी क्षेत्रलाई आग्रह गर्दे यसका लागि सरकारले अनुदान तथा प्रोत्साहनका कार्यक्रम ल्याइरहेको बताउनुभयो । गरिवी,विपन्न वर्गका जनताको उत्थान गर्दे यो मुलकलाई समृद्ध बनाउँदै लैजाने उहाँको भनाई छ । यस्तै जतासुकै कर आतंक वढेको भन्दै यसको लागि जथाभावी कर नउठाउन समेत स्थानिय तहलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती प्रमुख विष्णु प्रसाद सापकोटाले आम नागरिकको स्वास्थ्य उपचारका लागि यस अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना ब्यक्त गर्नुभयो । यस्तै फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङले जस्तो नाम त्यस्तै काम गर्न समर्पित अस्पताललाई आग्रह गर्नुभयो । यसका लागि नगरपालिकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उहाँले वचन दिनुभयो । कार्यक्रममा बोल्दै प्रजिअ प्रकाशचन्द्र अधिकारीले अस्पतालले दिने सेवा सुविधा गुणस्तरीय किसिमबाट दिन आग्रह गर्नुभयो । यस्तै बिएण्डसी टिचिङ हष्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइले बिएण्डसी हष्पिटल नेपालकै नमूना हष्पिटल बनाएर गुणस्तरीय सेवा दिन आफू लागि परेको बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेता राजकुमार भण्डारी,हर्क नेम्बाङ मिक्सो,नेपाली काग्रेस जिल्ला सभापति नरेन्द्र कुमार केरुङ,उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दिपक नेपाल,नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।