बाल दिवशको अवसरमा फिदिम नगरपालिकाले वितरण गर्यो विपन्न ४५ परिवारलाई सामाग्री

SITENAME

पाँचथर,भदौ २९,
बाल दिवशको अवसरमा पाँचथरको फिदिम नगरपालिकाले फिदिम ४ मा रहेको बालमन्दिर आधारभूत विद्यालयलाई पोशाक तथा झोलाहरु वितरण गरिएको छ । त्यस विद्यालयमा अध्ययनरत ४५ जना विपन्न वालवालिकाहरुलाई उक्त सामाग्री प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङले विपन्न वर्गका विद्यार्थीलाई क्रमश फिदिम नगरपालिकाले विविध सहयोग गर्दे जाने बताउनुभयो ।
कार्यक्रममा फिदिम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत घनश्याम उपाध्यय,फिदिम नगरपालिका प्रशासकिय अधिकृत डम्बर बहादुर आङदेम्बे,फिदिम नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष प्रकाश गुरुङ,विद्यालयका प्रअ परु ढुंगाना,विब्यास सदस्य गिता गुरुङ लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो ।
 यस्तै बाल दिवशकै अवसर पारेर फिदिम नगरपालिका वडा नम्बर ३ मा गायन तथा नृत्य प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा बोल्दै फिदिम नगरपालिका प्रमुख नेम्बाङले बालवालिकाको लुकेर रहेका विभिन्न प्रतिभाहरु रहेका हुन्छन् तिनीहरुलाई क्रमश उजागार र प्रस्फुटन गर्दे लैजाने विषयमा फिदिम नगरपालिका दत्तचित्त भएर लाग्ने बताउनुभएको फिदिम नगर प्रमुखका स्वकिय सचिव इन्द्र गुरुङले जानकारी दिनुभयो ।
 जनकल्याण माविका प्रअ मणि कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशासकिय अधिकृत आङदेम्बे,वडा नम्बर ३ का वडाअध्यक्ष नरेन्द्र गुरुङ लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो । यस्तै गढी माविले वालदिवशको अवसर पारेर विद्यालयमा नृत्य,तथा गायन प्रतियोगिता सम्पन्न गरेका विद्यालयका प्रअ मानध्वोज थाम्सुहाङले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।