युवा एकता नै खेलकुद विकासको बलियो आधार होः कुरुम्बाङ

SITENAME


इगल संवाददाता (कुम्मायक) राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ का उपाध्यक्ष तेजकुमार कुरुम्बाङले युवा एकता नै खेलकुद विकासको  बलियो आधार हुने वताउनुभएको छ ।

पाँचथरको कुम्मायक गाउपालिका–२, माङजाबुङमा आयोजित सतासि मेलाको अवसरमा आयोजित पुरुष नकआउट भलिबल प्रतियोगिताको वुधबार उद्घाटन समारोहमा प्रमुख अथितीको आसनबाट सम्बोधन गर्दै कुरुम्बाङले युवा एकताबाटमात्र यस क्षेत्रमा खेलकुदको विकास सम्भव हुने वताउनुभएको भएको थियो ।

देशलाई चिनाउने गतिलो माध्यमनै खेलकुद भएकोले खेलकुद विकासको लागि व्यक्तिगत स्वार्थलाई अलगै राखेर एकतावद्धका साथ अघि वढ्नुपर्नेमा कुरुम्बाङले जोड दिनुभएको थियो । कुरुम्बाङलाई स्थानिय माङजाबुङ केलाङ साँस्कृतिक समुहको टोलि र स्थानीय विभिन्न सँघसँस्थाहरुबाट च्याब्रङ नाचसगै फुलमालाबाट स्वागत गरिएको थियो ।

कार्यक्रममा युवा समाजसेवि कुमार बस्नेत, राप्रपा पाँचथरका सदस्य प्रयागराज सुवेदि, इगल एफ.एमका समाचार सम्पादक उपेन्द्र येक्तेनको विशेष आतिथ्यता रहेको थियो । परम्परादेखिनै यस क्षेत्रमा लाग्दै आईरहेको सतासि मेलाको अवसरमा स्थानीय जनचेतना युवा क्लवको आयोजनामा भलिबल प्रतियोगिताको आयोजना भएको हो ।

प्रतियोगतामा पाँचथर जिल्लाका विभिन्न ठाँउका १० टोलिले सहभागिता जनाएका छन् । उद्घाटन समारोह आयोजक सँस्थाका अध्यक्ष विमल शेर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतियोगितमा कुरुम्बाङको ३५ हजार सहयोग
याक्कथुङहाङ निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक तथा याक्थुङहाङ मिडिया प्रालिद्धरा सञ्चालित इगल एफ.एमका अध्यक्षसमेत रहनुभएका कुरुम्बाङले सतासि मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगितामा ३५ हजार रुपैँया आर्थिक सहयोग गर्नुभएको छ । सहयोग रकम प्रदान गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ का उपाध्यक्ष कुरुम्बाङले युवा एकताबाट प्रारम्भ भएका हरेक गतिविधिमा आफ्नो साथ र सहयोग रहने वताउनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

छुट्टाछुटै मुद्धाका फरार प्रतिबादी पाँचथर प्रहरीद्धरा पक्राउ

चन्द्रकला नेम्बाङ (फिदिम) जिल्ला अदालत पाँचथरबाट बिभिन्न मुद्धा अन्तर्गत बिभिन्न मितिमा कैद तथा जरिवाना सजाय तोकि फरार रहेका  दुई जना प्रतिबादीलाई

SITENAME

फिदिम नगरपालिकाले निर्माण गरेको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण 

पाँचथर,कार्तिक २६, पाँचथरको फिदिम नगरपालिका १ स्थित फाल्गुनन्द चोकमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण गरिएको छ

SITENAME

क्यान्सर पीडित तुम्रोकको उपचारार्थ सहयोगको याचना

इगल संवाददाता (पाँचथर) क्यान्सर रोगबाट पीडित फिदिम नगरपालिका–६, याङदीन स्थायी घर भई हाल काठमाण्डौंको जोरपाटी बस्दै आएका पाँच बर्षिय नाबालक नोगेन