ओली–प्रचण्डकै कारण मुलुकमा जातिय युद्ध हुन्छ  ः कुमार लिङदेन 

SITENAME

इगल संवाददाता (फिदिम)  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेनले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण मुलुकमा जातिय युद्ध हुने खतरा रहेको वताउनुभएको छ ।


पाँचथरको फिदिममा मंगलबार सम्पन्न खबरदारीसभालाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै लिङदेनले केपी ओली र पुष्पकमल दाहालले आदिवासिहरुलाई विभाजन गराउने षडयन्त्र रचेर मुलुकमा जातिय युद्ध निम्त्याउन खोजेको आरोप लगाउनुभएको छ । अध्यक्ष लिङदेनले जातिय युद्ध भयो भने पहिले केपि ओलि र प्रचण्डनै सकिने दाबिपनि गर्नुभएको छ ।

प्रदेश–१ लाई लिम्बुवान र किरात खम्बुवान राज्य बनाउँन मञ्चको लिम्बुवान प्रदेश कार्य समितिले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै मञ्चका उपाध्यक्ष तथा प्रदेश १ का सांसद विष्णु तुम्बाहाम्फेले प्रदेश–१ लाई लिम्बुवान र किरात खम्बुवान प्रदेश बनाउँन आफ्नो मुद्धा प्रदेश संसदमा उठाइरहने  वताउनुभयो  ।


सभालाई आधा दर्जन बढी केन्द्रीय र प्रान्तीय कार्य समितिका नेताहरुले सम्बोधन गर्नुभएको थियो । सभा संघीय लिम्बुवान मञ्च लिम्बुवान प्रदेश समितिका महासचिव संगम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

छुट्टाछुटै मुद्धाका फरार प्रतिबादी पाँचथर प्रहरीद्धरा पक्राउ

चन्द्रकला नेम्बाङ (फिदिम) जिल्ला अदालत पाँचथरबाट बिभिन्न मुद्धा अन्तर्गत बिभिन्न मितिमा कैद तथा जरिवाना सजाय तोकि फरार रहेका  दुई जना प्रतिबादीलाई

SITENAME

फिदिम नगरपालिकाले निर्माण गरेको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण 

पाँचथर,कार्तिक २६, पाँचथरको फिदिम नगरपालिका १ स्थित फाल्गुनन्द चोकमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण गरिएको छ

SITENAME

क्यान्सर पीडित तुम्रोकको उपचारार्थ सहयोगको याचना

इगल संवाददाता (पाँचथर) क्यान्सर रोगबाट पीडित फिदिम नगरपालिका–६, याङदीन स्थायी घर भई हाल काठमाण्डौंको जोरपाटी बस्दै आएका पाँच बर्षिय नाबालक नोगेन