समूह विजेता बन्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा, बँगलादेश २–० ले पराजित

SITENAME

नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइलनमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई दुई शून्यले हराउँदै नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

नेपाललाई जिताउन विमल घर्तिमगर र नवयुग श्रेष्ठले गोल गरे । ३३ औँ मिनेटमा विमलले प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपरको हातबाट फुत्किंदै गोल भएको थियो । खेलको ९० औं मिनेटमा नवयुगले अर्को गोल गरेका थिए । नेपालले अर्को समूहको उपविजेतासँग खेल्नेछ । अर्को समुहबाट कुन टीम विजेता र उपविजेता बन्ने भन्ने टुंगो लागिसकेको छैन । 

आजको पहिलो खेलमा भुटानलाई पाकिस्तानले हराएपछि नेपालले बंगलादेशलाई हराउनैपर्ने दबाब थियो । लगभग ३ हजार दर्शक रहेको बंगबन्धु रंगशालामा नेपालले त्यसै अनुसारको खेल खेल्दै जित मात्र हात पारेन समूह विजेता पनि बनेको हो । नेपाल रहेको समूहबाट पाकिस्तान उपविजेता बनेको छ भने आयोजक बंगलादेश समूह चरणबाटै बाहिरिएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

दोस्रो कुम्मायक गोल्डकपको उपाधि भिडन्त आयोजक र हिलिहाङ स्र्पाेटिङ विच हुने

इगल संवाददाता (कुम्मायक) हिलिहाङ स्पोर्टिङ क्लव कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा जारी दोस्रो करेन्ट कुम्मायक गोल्डकप फुटवल प्रतियोगिताको

SITENAME

तरुण गोल्डकपमा तुम्बेवा स्र्पाेटिङ क्लव उपाधि नजिक 

इगल संवाददाता (फिदिम) पाँचथरको फिदिममा जारि तरुण गोल्डकप फुटबल प्रतियोगितामा तुम्बेवा स्र्पाेटिङ क्लव उपाधि नजिक पुगेको छ ।  फिदिम माविको

स्पेनिस ला लिगाः बार्सिलोना शीर्ष स्थानमा उक्लियो, मेस्सिलाई गम्भिर चोट

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेभिल्लालाई ४–२ ले हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लिएको