३९ औ शिक्षा दिवश तथा अन्र्तराष्ट्रिय साक्षरता दिवशमा विद्यार्थी र शिक्षकलाई सम्मान गरियो

SITENAME

पाँचथर,भदौ २३,
३९ औ शिक्षा दिवश तथा अन्र्तराष्ट्रिय साक्षरता दिवश आज पाँचथरमा विविध कार्यक्रम गरी मनाइएको छ । यसैक्रममा फिदिम माविले एसईई मा ए प्लस तथा ए ल्याउने १८ जना विद्यार्थी तथा विद्यालयमा लामो समय शिक्षण गरी सेवा पुरयाउने शिक्षकलाई सम्मान गरेको छ । 
सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले राज्यले एउटा विद्यार्थीका लागि १९ हजार रुपैया लगानी गरेपनि सोचे अनुरुपको शैक्षिक क्षेत्रमा उपलिब्ध हासिल हुन नसकेको बताउनुभयो । कार्यक्रममा बोल्दै फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम उपाध्ययले एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
शिक्षा विकाश इकाई प्रमुख युगमणि सवेहाङले राज्यले शिक्षा क्षेत्रको विकाश र उन्नयनको निम्ति करौडौँ रुपैया लगानी गरेको र अव विद्यालयहरुले भने शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो ।
 उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दिपक नेपालले अहिलेको मानविय सम्पत्ति भनेकै स्वास्थ्य र शिक्षा भएको हुँदा यी विषयलाई मानवले पहिलो प्राथामिक्ता दिनुपर्ने बताउनुभयो । 
यस्तै फिदिम माविका प्रअ दुर्गाराज खत्रीले विद्यालयको अवस्थाबारे दर्शाउनु भएको थियो । कार्यक्रमको संचालन माविका शिक्षक हरिश्चन्द्र लावतीले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

स्वास्थ्य र शिक्षाको जिम्मा अव सरकारले लिन्छ—आर्थिक मामिल तथा योजनामन्त्री मौसम

पाँचथर,भदौ ३०, पूर्वी पहाडि भेगमा कुनै बेला त्यस्तो समय थियो,त्यस भेला विरामी परियो भने डोकोमा हालेर स्वास्थ्य चौकी तथा अस्पताल लैजानुपर्दथ्यो, तर

SITENAME

बाल दिवशको अवसरमा फिदिम नगरपालिकाले वितरण गर्यो विपन्न ४५ परिवारलाई सामाग्री

पाँचथर,भदौ २९, बाल दिवशको अवसरमा पाँचथरको फिदिम नगरपालिकाले फिदिम ४ मा रहेको बालमन्दिर आधारभूत विद्यालयलाई पोशाक तथा झोलाहरु वितरण गरिएको छ । त्यस

SITENAME

फिदिम नगरपालिले राख्यो हेंवा खोलामा सावधानी बोर्ड

पाँचथर,भदौ २९, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना हेंवा खोलामा सावधानी बोर्ड राखिएको छ ।  हेंवा खोलामा अस्वभाविक रुपमा मानिस