१५ औँ निजामति दिवश पाँचथरमा विविध कार्यक्रम गरी मनाइयो

SITENAME

पाँचथर,भदौ २२,
१५ औँ निजामति दिवशको अवसरमा पाँचथरमा उत्कृष्ट १७ जना कर्मचारीलाई सम्मान गरिएको छ । जिल्लाका प्रत्येक कार्यालय बाट उनीहरुलाई कर्मचारी मिलन केन्द्रले सम्मानित गरेको हो । नतिजामुखि प्रशासन,समृद्धि र सुशासन भन्ने मुल नारा लाई आत्मा साथ गर्दै आज विविध कार्यक्रमको आयोजना गरी दिवश मनाइएको हो । 
यस्तै आज बिहान प्रभातफेरी समेत निकालिएको थियो । त्यसैगरी आज फिदिम नगरपालिका वडा नम्बर २ मा रहेको वृद्धाआश्रमका विरामीहरुको स्वास्थ्य परिक्षण गरी औषधी वितरण तथा फलफूल वितरण गरिएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष ईश्वरी अधिकारीले जानकारी दिनुभयो । यस्तै शनिबार शिवालय मन्दिर सरसफाई गरिने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो । 
यस्तै दिवशकै अवसर पारेर तुम्वेवा गाउँपालिकाका विभिन्न कार्यालय,इन्द्रावति मन्दिरको आसपासमा सरसफाई तथा फूल रोपण गरिएको वडा नम्बर ३ का वडाअध्यक्ष कमल थापाले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष होमनाथ थापा,तथा जनप्रतिनिधीहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको 
थियो । यस्तै निजामति सेवा दिवशको अवसर पारेर फालेलुङ गाउँपालिकाले कर्मचारीहरुलाई सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मौसम ढुंगेलले जानकारी दिनुभयो । कर्मचारीहरुलाई गाउँपालिका प्रमुख संच कुमार केरुङ,उपाध्यक्ष हिमा अधिकारी लगायत अन्य वडाअध्यक्षहरुले कर्मचारीलाई प्रमाणपत्र र खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

छुट्टाछुटै मुद्धाका फरार प्रतिबादी पाँचथर प्रहरीद्धरा पक्राउ

चन्द्रकला नेम्बाङ (फिदिम) जिल्ला अदालत पाँचथरबाट बिभिन्न मुद्धा अन्तर्गत बिभिन्न मितिमा कैद तथा जरिवाना सजाय तोकि फरार रहेका  दुई जना प्रतिबादीलाई

SITENAME

फिदिम नगरपालिकाले निर्माण गरेको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण 

पाँचथर,कार्तिक २६, पाँचथरको फिदिम नगरपालिका १ स्थित फाल्गुनन्द चोकमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण गरिएको छ

SITENAME

क्यान्सर पीडित तुम्रोकको उपचारार्थ सहयोगको याचना

इगल संवाददाता (पाँचथर) क्यान्सर रोगबाट पीडित फिदिम नगरपालिका–६, याङदीन स्थायी घर भई हाल काठमाण्डौंको जोरपाटी बस्दै आएका पाँच बर्षिय नाबालक नोगेन