दोस्रो चरणको विद्यालय भर्ना गर्ने अभियानमा पाँचथर जिल्ला नेपालकै पहिलो जिल्ला घोषणा

SITENAME

पाँचथर,भदौ २२,
दोस्रो चरणको विद्यालय भर्ना गर्ने अभियानमा पाँचथरमा ५ वर्ष देखि १२ वर्ष उमेर समूहका बालवालिका विद्यालय बाहिर नरहेको घोषणा गरिएको छ । यो घोषणा गर्ने कार्यमा पाँचथर जिल्ला नेपालकै पहिलो जिल्ला बनेको छ । 
पाँचथरका ८ वटै स्थानिय तहले उक्त अभियानको घोषणा गरिसकेसँगै बिहिबार हिलिहाङको गोपेटारमा आयोजित एक कार्यक्रमका वीच जिल्ला समन्वय समिती प्रमुख बिष्णु प्रसाद सापकोटा (बिमल)ले पाँचथर जिल्ला ५ वर्ष देखि १२ वर्ष उमेर समूहका वालवालिका विद्यालय बाहिर नरहेको घोषणा गरिएको हो । 
घोषणा सभा कार्यक्रमलाई सम्वोधन गर्दे जिसस प्रमुख सापकोटाले राज्यले संचालन गरेको दोस्रो चरणको अभियानको कार्यान्वय गर्ने सिलसिलामा पाँचथर जिल्ला पहिलो बनेकोमा खुशियाली ब्यक्त गर्दे सम्पूर्ण शिक्षक,अभिभावक,विद्यार्थी,शैक्षिक संस्था तथा सरोकारवाला र जिल्लावासीलाई धन्यवाद दिनुभयो ।
 उहाँले विद्यार्थीलाई भर्ना गर्नु मात्रै ठूलो विषय नभएर विद्यार्थीलाई टिकाई राख्नु चुनौतीको विषय भएको भन्दै यसका लागि लाग्न सरोकारवाला सम्वद्ध सवै पक्षलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा वोल्दै शिक्षा विकाश समन्वय इकाइ प्रमुख युगमणि सवेहाङले जिल्लाका ८ वटै स्थानिय तहमा उक्त उमेर समूहका ९४ जना विद्यार्थीलाई विद्यालय भर्ना गरिएको जानकारी गराउनुभयो । अव उनीहरुलाई नियमित विद्यालयमा टिकाइराख्न चुनौती रहेतापनि यसका लागि अभिभावक,शिक्षक, स्थानिय तह,तथा सम्वद्ध सरोकारवाला पक्ष सवै लाग्नुपर्ने बताउनुभयो । 
उहाँले यस अभियानका सहयोग गर्नु हुने सम्पूर्ण स्थानियतह प्रमुख उपप्रमुख,जिल्ला स्थित राजनितीक दल,संघ संस्था,सरोकारवाला सवै पक्षलाई धन्यवाद प्रकट गर्नुभयो । कार्यक्रममा बोल्दै नेकपाका नेता राज कुमार भण्डारीले अव शैक्षिक क्षेत्रको विकाशको निम्ति सवै स्थानिय तह तथा शिक्षक,अभिभावक तथा सरोकारवाला पक्षहरु जुरमुराउने बेला आएको बताउनुभयो । यस्तै नेपाली काग्रेस जिल्ला सचिव रुपनारायण जवेगुले शैक्षिक क्षेत्रको गुणस्तर सुधार्नको निम्ति अव स्थानिय तह मुख्य रुपमा जिम्मेवार भएर लाग्नुपर्ने र त्यसका लागि अन्य सरोकारवाला सम्वद्ध पक्षहरु,शिक्षक,अभिभावक,पेशागत संघसंगठन सवै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै हिलिहाङ गाउँपालिका प्रमुख भुवानी प्रसाद लिङदेनले यो अभियानलाई सार्थक रुप दिन घोषणा मात्रै गर्ने भन्दा पनि वालवालिकालाई टिकाई राख्न चुनौती रहेको भन्दै यसका लागि पालिकाले पनि केहि नयाँ कार्यक्रम ल्याएर उनीहरुलाई टिकाउन सकिने बताउनुभयो ।
कार्यक्रमममा बोल्दै नेकपाका नेता हर्क नेम्बाङ मिक्सोले यो अभियानलाई अभियानकै रुपमा मात्र हेरिनु भन्दा नतिजामुखी र उपल्ब्धिमूलक कार्य गर्न सम्वद्ध सरोकारवाला पक्षलाई सुझाव दिनुभयो । विद्यार्थीलाई भर्ना मात्रै गरेर भन्दा पनि उनीहरुलाई कसरी टिकाइराख्ने भन्ने विषय महत्पूर्ण रहेको भनाई ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा गैरसकारी संस्था महासंघ प्रदेश नम्बर १ का उपसचिव बालकृष्ण ओझाले जिल्लाले धेरै वटा विषयमा घोषणा गर्ने विषयमा अघि त भयो तर त्यसलाई विचमा निरन्तरता नदिँदा घोषणा कार्यान्वयन तहमा भन्दा पनि नाममा मात्रै सिमित रहेको बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।