सांसदले नै दिए चलचित्र विकास बोर्डलाई मुद्दा हाल्ने चेतावनी

SITENAME

सांसद् तथा एमाले नेता रामवीर मानन्धरले चलचित्र विकास बोर्डविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् । बुधबार अपरान्ह विकास बोर्ड पुगेका मानन्धरले बक्स अफिस लागू नगर्न चेतावनी दिँदै मुद्दाको धम्की दिएका हुन् ।

काठमाडौंको बालाजु बाइपासस्थित अष्टनारायण हलका मालिकसमेत रहेका मानन्धर क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद् हुन् । 

“उहाँ आज बोर्डमा आउनुभएको थियो । केही कुरा मैले बुझाइदिएँ । उहाँ केही कन्भिन्स पनि हुनुभयो । तर उहाँले मुद्दा हाल्छु भन्नुभएको छ,” बोर्ड अध्यक्ष निकिता पौडेलले बाह्रखरीसँग भनिन् ।

यता, सांसद मानन्धरले भने आफूलाई यसबारे केही पनि थाहा नभएको प्रतिक्रिया दिए । आफूले कसैलाई आर्थिक प्रलोभन पनि नदेखाएको र धम्की पनि नदिएको दाबी उनको छ ।

“यसबारे मलाई केही पनि थाहा छैन । म यसबारे बोल्नै चाहन्नँ । बक्स अफिसबारे केही थाहा छैन,” मानन्धरले भने, “हल सञ्चालान गर्दैमा सबै कुरा थाहा हुन्छ भन्ने छैन । मलाई थाहा छैन । मलाई यस्तो आरोप कसले लगायो, लिएर आउनुस्, म उहाँसँगै यसबारे कुरा गर्न चाहन्छु ।”

बोर्डले ०७५ वैशाख १ देखि बक्स अफिस लागू गर्ने तयारी गरिरहेको छ । यसका लागि बोर्ड अध्यक्ष पौडेल अहिले आफैं सिंगल थिएटरमा पुगिरहेकी छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

गोरी नहुँदा गुम्यो फिल्म

मुम्बई – हलिउडमा रंगभेद र जातीय भेदभाव अस्तीतत्वहिन भएको ८० वर्ष पुगे पनि समय समयमा कलाकारहरु यसको सिकार बन्दै आएका छन् । बलिउडबाट हलिउडमा छलाङ

SITENAME

लालिगुराँस आइडलका लागी बसन्तपुर बाट चार जना छनौंट

टीआर सेनेहाङ (तेह्रथुम) लालिगुराँस आइडलका लागि बसन्तपुर बजारबाट चार जना प्रतिस्पर्धी छनौंट भएका छन् । ‘लालिगुराँस नगरपालिकाको सांगीतिक अभियान, लोक

SITENAME

च्याब्रुङको बिषयमाथि चलचित्र ‘केः’ निर्माण

इगल संवाददाता (फिदिम) एक लिम्बू घर एक च्याब्रुङ निर्माणको अभियानमा रहेका केःलाङ अभियान मञ्चका अध्यक्ष निङ्वासो लिम्बूलाई च्याब्रङ बनाइरहेको