प्रधानमन्त्री व्यवसायीलाई भने– भारतबाट आउने रेललाई रित्तै जान दिनुहुँदैन

SITENAME

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उद्योग व्यावशाय क्षेत्रमा अत्याधुनिक मोडल प्रयोग गरेर देशलाई अघि बढाउनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिजय महासंघको ५२ औं बार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवशको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

“अब हामीले अन्यत्र काम नलाग्ने भइसकेका सीप, प्रविधि भित्र्याएर होइन विल्कुलै नयाँ प्रविधि प्रयोग गरेर देशलाई अघि बढाउनुपर्दछ” प्रधानमन्त्री ओलीले भने, “यस्तो प्रविधि हरेक क्षेत्रमा उपयोग गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले सबै क्षेत्रले आफ्ना प्रयासहरुलाई विकास र समृद्धि तर्फ केन्द्रित गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा चाँडै रेल सेवा सञ्चालन हुने भएकोले त्यसबाट फाइदा लिने गरी तयारी गर्न व्यवसायीलाई आग्रह गरे ।

“अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ । रक्सौलबाट आँउदा रेल भरिएर आउने जाँदा रित्तै जाने स्थिति हुनुहुँदैन,” प्रधानमन्त्री ओलीले भने, “काठमाडौंबाट फर्कदा पनि रेल भर्नका निर्यातजन्य उत्पादनमा लाग्नुहोस ।”
प्रधानमन्त्री ओलीले आगामी दुईबर्ष भित्र उद्योगलाई चाहिने जति विद्यतु दिन सरकार सक्षम हुने बताए ।

प्रतिकृया दिनुहोस
SITENAME

प्रदेश ७ मा १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत

धनगढी (रासस) । प्रदेश नं ७ को सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण

SITENAME

बाह्रखरी समीक्षा प्रहरी संगठनमा दुई खनाल, खरेलले राजीनामा दिने

नेपालका दुई महत्त्वपूर्ण प्रहरी संगठन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले नयाँ नेतृत्व पाएका छन् । नयाँ नेतृत्वका रूपमा नेपाल प्रहरीमा सर्वेन्द्र

SITENAME

वैशाख २ गतेबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौं । निर्वाचन आयोगले २०७५ वैशाख २ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । २ गते आइतबारदेखि सबै क्षेत्रीय/जिल्ला निर्वाचन