पाँचथरको फालेलुङ ८ अकाशेमा जारि फुटवल प्रतियोगिता आज सात खेल सम्पन्न

SITENAME

उपेन्द्र येक्तेन (फिदिम) पाँचथरको फालेलुङ गाउपालिका–८ अकासेमा जारि पुरुष नकआउट फुटवल प्रतियोगितामा आज ७ खेल सम्पन्न भएको छ । दोस्रो चरण अन्तर्गतको पहिलो खेलमा एस.एस वाईसि लुङरुप्पालाई ३–० ले पराजित गर्दै एफसि डिसि विजयी भएको छ ।

दोस्रो खेलमा एम वाई सि फिदिम १३ लाई २–१ गोलले पाखा लगाउँदै हिलिहाङ गाउपालिका विजयी हुदां तेस्रो खेलमा जल्पा जलेस्वरीमाथि ७–० को शानदार जित निकाल्दै व्वाईज युनियन रातो विजयी भएको छ । यस्तै चौथौ खेलमा फिदिम युनाइटेडलाई ३–१ ले हराउँदै श्रीजंगा ओतिरो विजयी भएको छ । पाँचौ खेलमा चर्चव्वाईज लुङरुप्पालाई ३–१ ले पाखा लगाउंदै बेशिफाँट फिदिम १० पनि विजयी भएको छ । छैटौँ खेलमा आनि साक्थिम वासुम माथि ४–१ को जित निकाल्दै आयोजक सि विजयी भएको छ ।

आजको अन्तिम खेलमा पाथिभरा स्र्पाेटिङ क्लव चोकमागुलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै रियल राइज विजयी भएको छ ।। भदौरे मेलाको अवसरमा चोम्जोलुङ सेवा समाजको आयोजना सञ्चालन भएको प्रतियोगितामा ३८ टिमको सहभागिता रहेको आयोजक सँस्थाका सचिव राजन जवेगुले जानकारि दिनुभयो ।

प्रतियोगिताको विजेताले आकर्षक ट्रफिसहित मेडल, प्रमाण पत्र र नगद ५० हजार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलिले आर्कर्षक ट्रफिसहित मेडल, प्रमाण पत्र र नगद २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यसरिनै विधागत तर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडि र उत्कृष्ट डिफेन्डरले एक–एक थान फुटवल सुज, उत्कृष्ट किपरले एक थान ग्लोब र सर्वा्िधक गोलकर्ताले एक थान फुटवल सुज पाउनेछ । यस्तै सेमिफाइनलबाट म्यान अफ द म्याचले नगद पाँच सय प्राप्त गर्नेछ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

समूह विजेता बन्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा, बँगलादेश २–० ले पराजित

नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइलनमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई दुई शून्यले हराउँदै नेपाल समूह विजेता बन्दै

SITENAME

अकाशेमा जारि फुटवल प्रतियोगितामा ६ खेल सम्पन्न

उपेन्द्र येक्तेन (फिदिम) पाँचथरको फालेलुङ गाउपालिका–८ अकासेमा जारि पुरुष नकआउट फुटवल प्रतियोगितामा आज ६ खेल सम्पन्न भएको छ । पहिलो खेलमा नाम्साङ

SITENAME

भदौरे मेलाको अवसरमा अकाशेमा फुटवल प्रतियोगिता हुने

उपेन्द्र येक्तेन (फिदिम) पाँचथरको फालेलङ गाउपालिका–८, अकाशेमा भदौरे मेलाको अवसरमा पुरुष नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । प्रत्येक वर्ष भदौ १