मुन्धुमी मिथकमा आधारित लिम्बू चलचित्र “साम्” को छायांकन सम्पन्न

SITENAME

उपेन्द्र येक्तेन(फिदिम) याक्थुङ मुन्धुमी मिथकमा आधारित लिम्बू कथानक चलचित्र “साम्” को छायांकन सकिएको छ ।

काठमाडौ उपत्यकामा छायांकन गरिएको लिम्बू चलचित्र इतिहासमा पहिलोपटक उच्च प्रबिधि प्रयोग गरेर फिचर फिल्मको रूपमा निर्माण गरिएको निर्देशक किशोर सुब्बाले बताउनुभयो । उक्त चलचित्रमा पुष्पा सुब्बा, रुकमान लिम्बू, उदय सुब्बा, केदार श्रेष्ठ, बिमु थेगिम, चन्द्र लिम्बू, काउप्रसाद मगर, देउमान केरुङ, धुर्व पोख्रेल, रक्षकुमार राई, रबिकुमार गुरुङ लगायतको अभिनय देख्न सकिनेछ ।

सागर केरुङको लेखन र किशोर सुब्बाको निर्देशन रहेको चलचित्र साम्मा निर्माता कल्पना योङ्हाङ, हस्त लिबाङ रहेका छन् भने कुमार बखतीको छॉयांकन,मन्दिल श्रेष्ठको सम्पादन, बिनय कंसाकारको कलर करेक्सन, रिसछैन राईको कला, मणि ताम्लिङको पार्श्व संगीत, समिर मियाको भिएफएक्सरएनिमेसन, कल्पना द हाइल्यान्ड आर्टको भेषभुषा, राजु घिमिरे मुख्य सह निर्देसन, बीजु सुब्बाको सह निर्देसन, होम लामाको शृगार रहेको छ ।

चलचित्रमा लिम्बू लोक वाङमयको लोक लयको गीत लेखक सागर केरुङको रहेको छ । करिव २० लाख लगानीमा निर्माण गरिएको चलचित्र आगामी २०७५ सालको बिजयदशमीको उपलक्ष्यमा प्रदर्शनमा ल्याइने निर्मात्री कल्पना योङ्हाङले बताएकी छिन् ।

प्रतिकृया दिनुहोस
SITENAME

खडेरी प्रभावितलाई दशैँको मुखमा राहात प्रदान

खडेरी प्रभावितलाई दशैँको मुखमा राहात प्रदान पाँचथर,असोज २६, चाडपर्वको बेला सुक्खा क्षेत्र प्रभावित पाँचथरको तुम्बेवा गाउँपालिकाका खडेरी प्रभावित

SITENAME

नेपाल कम्यूनिष्ट पाटी जिल्ला कार्य समिती पाँचथरको पाटी कार्यालय उद्घाटन

पाँचथर,असोज २४, नेपाल कम्यूनिष्ट पाटी जिल्ला कार्य समिती पाँचथरको सदरमुकाम फिदिममा आज पाटी कार्यालय उद्घाटन गरिएको छ ।  तत्कालिन नेकपा एमाले र

SITENAME

चाडपर्वलाई लक्षित गरी संचालन गरिएको यात्रु सहायता कक्ष स्थापना भएपछि यात्रुलाई सहज

पाँचथर,असोज २३, चाडपर्वको समयमा यात्रुहरुलाई सहज होस् भन्ने उदेश्यले पाँचथरको सदरमुकाम फिदिममा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहायत कक्ष