५ खेलाडीलाई ७२ घण्टा भित्र स्पष्टिकरण दिन एन्फाको निर्देशन

SITENAME


अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न एसियाड गेम्स र साफ च्याम्पियसिपको बन्द प्रशिक्षणमा रहेका ५ खेलाडीलाई ७२ घण्टा भित्र लिखित स्पष्टिकरण दिने निर्देशन दिएको छ । ५ खेलाडीले शुक्रबार राती डिस्को गएर मादक पदार्थ सेवन गरि हो–हल्ला गरेको भन्ने समाचार सार्वजनिक भएपछि एन्फाले खेलाडी, टोलीका प्रशिक्षक, होस्टल वार्डेन र सेक्युरिटी कम्पनीसँग पनि स्पष्टिकरण लिने निर्णय गरेको छ ।


एन्फा अध्यक्ष कर्मा छिरिङ र अन्य पदाधिकारीले ५ खेलाडीसँग मौखिक स्पिष्टिकरण लिएपछि लिखित स्पिष्टिकरण पनि लिने निर्णय लिएको छ । ५ खेलाडीलाई ३ दिन भित्र लिखित जवाफ बुझाउन भनेको छ । यसरी स्पष्टिकरण सोधिने खेलाडी विमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापा मगर र छिरिङ शेर्पा छन् ।

त्यस्तै एन्फाले टोलीका व्यवस्थापक बाबुकाजी बस्नेत, होस्टेल वार्डेन टक्कर थापालाई ३ दिन र सेक्युरिटी कम्पनी गुरुडलाई ७ दिन भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको एन्फा प्रवक्ता किरण राईले हाम्रो खेलकुदलाई जानकारी दिनुभयो ।
‘ खेलाडीसँग मौखक स्पष्टिकरण सोधिएको छ,’ प्रवक्ता राईले भने,‘ थप प्रष्ट हुनका लागि ७२ घण्टाभित्र लिखित स्पष्टिकरण दिनुपर्ने हुन्छ । सोही लिखित स्पष्टिकरण पछि खेलाडीमाथि हुने कारवाहीका विषयमा छलफल हुनेछ ।’ एन्फाको सीसी टिभि फुटेजका आधारमा खेलाडीलाई स्पष्टिकरण सोधिएको प्रवक्ता राईले बताउनुभयो । (हाम्रो खेलकुदबाट)

 

प्रतिकृया दिनुहोस
SITENAME

जोरपोखरीमा आयोजित फुटवल प्रतियोगिताको उपाधि फिदिम स्पोर्टिङको पोल्टामा

इगल सम्वाददाता (हिलिहाङ) वाला चतुरदर्शि मेलाको अवसरमा पाँचथरको जोरपोखरी वजारमा सम्पन्न फुटबल  प्रतियोगिताको उपाधि फिदिम स्र्पाेटिङ क्लव पाँचथरले

SITENAME

 मोड्रिचले जित्यो बालोन डी ओरको उपाधि, मेस्सी र रोनाल्डो युग अन्त्य

क्रोयसियाका मिडफिल्डर लुका मोड्रिचले बालोन डी ओरको उपाधि जितेका छन् । फिफा वर्ष खेलाडी समेत बनेका मड्रिचले फाइनलमा क्रिस्टियानो रोनाल्डो र लियोनल

SITENAME

फाल्गुनन्द गोल्डकपको १० औँ सँस्करण पुष २१ देखि सञ्चालन हुने

इगल सम्वाददाता (फिदिम) १६ औँ राष्ट्रिय विभुती फाल्गुनन्द लिङदेनको सम्झाना पाँचथरको सदरमुकाम फिदिममा विगत १० वर्षदेखि सञ्चालन हुदैं आएको पुर्वको