प्रथम इमानसिं गोल्डकप फुटबल प्रतियोगितामा आयोजक हाबि

SITENAME

उपेन्द्र येक्तेन (फिदिम) रामनवमिको अवसरमा पाँचथरको फिदिम नगरपालिका–१० स्थित याङनामको खलङगाटारमा सम्पन्न प्रथम इमानसिं गोल्डकप फुटबल प्रतियोगितामा आयोजक टिम हाबि भएको छ । स्थानिय फुटबल क्लब इमानसिं याङनामको आयोजनामा निर्माणाधिन इमानसिं रंगशालामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आयोजक निलो र रातोले खेलेका थिए ।

पाँचथर जिल्लाका विभिन्न गाउपालिकाका क्लबहरुको सहभागिता रहेको प्रतियोगितामा आयोजक रातोले पहिलो सेमिफाईनलमा सिदिनलाई ४–० पाखा लगाउदैं फाइनल पुगेको हो । यस्तै आयोजक निलोले पाँचथर क्लबलाई १–० ले स्तब्ध पार्र्दै ै फाइनल पुगेको हो । आयोजक निलोलाई ६–२ गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै गर्दै आयोजक रातोले उपाधि कब्जा गरेको ग¥यो । उपाधि कब्जा गरेको आयेजक रातोले नगद एक लाख सहित ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्दा दोस्रो भएको आयोजक निलोले नगद पच्चास हजार  ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको उदघाटन समारोहमा बोल्दै फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले याङनामले पाँचथर जिल्लाको खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउदै आएको भन्दै निर्माणाधिन रँगशालालाई पुर्णता दिन नगरपालिकाले सहयोग गर्ने वताउनुभयो । जिल्लाको एकमात्र एलेभेन साइजको खेलमैदान रहेको निर्माणाधिन इमानसिं रंगशालामा वर्षेनी रामनवमिको अवसरमा फुटवल प्रतियोगिता सञ्चानल हुदैं आएको छ ।
खेल जगतमा उच्च योगदान पु¥याउने तीन जना सम्मानित
यस्तै प्रतियोगिताको उदघाटन समारोहको अवसरमा याङनाममा जन्मेर आफनो ठाँउमा खेलकुद जगतको विकास गर्न उच्च योगदान पु¥याएको भन्दै तीन जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा साविक याङनाम गाविसका पूर्व उपाध्यक्ष रत्नकुमार थाम्सुहाङ, स्थानिय चो?लुङ क्लव तथा शिक्षक बिर बहादुर थाम्सुहाङ र पूर्व खेलाडि दिपेन खजुम रहेका छन् । सम्मानितहरुलाई सम्मान पत्र साथै दोसला ओढाएर सम्मान गरिएको थियो ।
बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न
मेलाको अवसरमा त्रिशतिm युवा समुहद्धरा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । साँस्कृतिक कार्यक्रममा खुल्ला नृत्य र गायन कार्यक्रम सम्पन्न भएको हो । नृत्यतर्फ नव जागृति समुह प्रथम, नव–हिमालि युवा समुह द्धितिय र कृष्टिना जवेगु तृतिय भएका थिए । प्रथम, द्धितीय र तृतिय हुनेहरुलाई क्रमशः नगद १० हजार, ५ हजार र ३ हजार सहित प्रदान–पत्र प्राप्त गरे । यस्तै गायन प्रतियोगिताका  प्रथम, द्धितीय र तृतियलाई पुरस्कार प्रदान गरिएको आयोजक त्रिशतिmका सल्लाहकार यामकुमार कुरुम्बाङले वताउनुभयो । कार्यक्रममा पूर्वको आवाज प्रथम राजन पल राई, पूर्वाञ्चल आईडल आशिष राई र गायिका सिर्जना जवेगुको प्रस्तुतीसमेत रहेको थियो । चैत्र १६ देखि सुरु भएको मेला २२ गते समापन गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

समूह विजेता बन्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा, बँगलादेश २–० ले पराजित

नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइलनमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई दुई शून्यले हराउँदै नेपाल समूह विजेता बन्दै

SITENAME

पाँचथरको फालेलुङ ८ अकाशेमा जारि फुटवल प्रतियोगिता आज सात खेल सम्पन्न

उपेन्द्र येक्तेन (फिदिम) पाँचथरको फालेलुङ गाउपालिका–८ अकासेमा जारि पुरुष नकआउट फुटवल प्रतियोगितामा आज ७ खेल सम्पन्न भएको छ । दोस्रो चरण अन्तर्गतको

SITENAME

अकाशेमा जारि फुटवल प्रतियोगितामा ६ खेल सम्पन्न

उपेन्द्र येक्तेन (फिदिम) पाँचथरको फालेलुङ गाउपालिका–८ अकासेमा जारि पुरुष नकआउट फुटवल प्रतियोगितामा आज ६ खेल सम्पन्न भएको छ । पहिलो खेलमा नाम्साङ