दोस्रो वाई वाई पाँचथर गोल्डकप– मिशन युनाइटेडको बिजयी सुरुवात

SITENAME

इगल संवाददाता (फिदिम) पाँचथर सदरमुकाम फिदिममा आइतबारदेखि सुरु भएको दोस्रो संस्करणको वाई वाई पाँचथर गोल्डकप फुटवल प्रतियोगितामा ताप्लेजुङको मिशन युनाइटेड क्लवले बिजयी सुरुवात गरेको छ । 

 

फिदिम माविको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा मिशन युनाइटेडले आयोजक पाँचथर क्लवलाई २–१ गोलले पराजीत गरेको हो । खेलको दशौं मिनेटमा सुदिप श्रेष्ठको गोलबाट लिएको अग्रतालाई पाँचथर क्लवले लामो समयसम्म जोगाउँन सकेन । मिशन युनाइटेडका लागि ३१ औं मिनेटमा दीपेश आङबुहाङले बराबरी गोल फर्काए । ६९ औं मिनेटमा रक्षापंतिको कमजोरीको फाइदा उठाउँदै युवराज लिम्बूले गरेको गोल नै मिशन युनाइटेडलाई जितका लागि पर्याप्त बन्यो । खेलको म्यान अफ दि म्याच पाँचथर क्लवका सुदिप श्रेष्ठ बने । उनले नगद पाँच हजार प्राप्त गरे ।

 

प्रतियोगिता अन्तर्गत सोमबार रेडहर्स इलाम र डिएफसी मोरङ बीच प्रतिश्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष अनुराग मगरले बताउँनुभयो । प्रतियोगिताको प्रदेश–१ का प्रमुख डाक्टर गोविन्द तुम्बाहाङले उद्घाटन गर्नुभएको थियो । बैशाख २ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद तीन लाख पाँच हजार र उपबिजेताले नगद एक लाख ५५ हजार रुपैंयाँ साथै प्रतियोगिताको म्यान अफ दि सिरिजले टिबिएस कम्पनिको एउटा मोटरसाइकल प्राप्त गर्नेछ । 


 

प्रतिकृया दिनुहोस
SITENAME

विश्वकप ‘पावर र्‍यांक’ब्राजिल पहिलो, को कति नम्बरमा ?

  रसियामा जारी विश्वकपको दोस्रो चरण अर्थात अन्तिम १६ का खेल सुरु भएका छन् । समुह चरणका केही आश्चर्यजनक नतिजा निस्किएका छन् । साविक विजेता जर्मनी

SITENAME

विश्व कपमा समूह चरणका ३२ खेल सकिदा के भए? रोनाल्डो भन्दा केन अगाडि

रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका ३२ खेलहरु सकिएका छन् । समूह चरणको दोस्रो खेलहरु सकिदा ६ टोलीले अन्तिम १६ मा स्थानमा बनाएका छन् । आठ टोली

SITENAME

कोलम्बिया जापानसँग २–१ गोल अन्तरले स्तब्ध

विश्वकप समूह ‘एच’को पहिलो खेलमा जापानले कोलम्बियालाई २(१ ले निराश पारेको छ । कोलम्बिया खेलको चौथो मिनेटमै १० खेलाडीमा सीमित भएको थियो । कार्लोक्स