मेची अञ्चल स्तरीय साहित्यिक–साँगीतिक संगोष्ठि सुरु

SITENAME

सन्देश सुब्बा (पाँचथर) पाँचथर–इलाम सिमावर्ती ब्यापारिक तथा पर्यटकीय नगरी राँके बजारमा मेची अञ्चल स्तरीय साहित्यिक–साँगीतिक संगोष्ठि सुरु भएको छ । शुक्रबार सुरु भएको संगोष्ठि शनिबार सम्पन्न हुनेछ । 

 

संगोष्ठिको साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले प्रमुख अतिथिको आसनबाट उद्घाटन गरे । कार्यक्रमको विशेष अतिथि मदन पुरस्कार बिजेता लेखक राजन मुकारुङ छन् । संगोष्ठिको पहिला दिन कार्यपत्र प्रस्तुती र बिमर्श भएको छ । शुक्रबार विभिन्न जातजातिको साँस्कृतिक झाँकि सहित राँके बजार परिक्रमा गरिएको थियो ।

 

शनिबार बिहान पाँचथरको धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल सिलौटी, साधुटार, सुकेपोखरी लगायतको भ्रमण पछि दिउँसो बहुभाषिक कबिता गोष्ठि र साँगीतिक कार्यक्रम हुने आयोजक नौलो साहित्यिक बिहान प्रतिष्ठान पाँचथरका महासचिव प्रेम ओझाले बताए । 

 

संगोष्ठिमा मेची अञ्चलका करीब एक सय जना लेखक, साहित्यकार र साँगीतिक स्रष्टाहरुको सहभागिता छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका र इलामको देउमाइ नगरपालिकाको सहयोगमा नौलो साहित्यिक बिहान प्रतिष्ठान पाँचथरले संगोष्टिको आयोजना गरेको हो । 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।