दुई गीतको म्यूजिक भिडियो छायाङकन

SITENAME

इगल संवाददाता (फिदमि) दुई वटा गीतको म्यूजिक भिडियोको छायाङकन हालै सम्पन्न भएको छ । राजहाङ आङबोको शब्द, दिप्सन आङबोको संगीत, दिप्सन र सुनिल केरुङको स्वर रहेको लिम्बू संस्कृतिमुलक गीत ‘फक्ताङलुङ ...’ र दिप्सन आङबोको शब्द, संगीत र सुनिल केरुङको स्वर रहेको ‘बाँचुञ्जेल ...’ बोलको गीतको म्यूजिक भिडियोको छायाङकन गरिएको हो । 

 


पाँचथरको साधुटार, सिलौटि, लब्रेकुटि, फिदिम बजार, थाक्ले, तमोर नदी लगायतका स्थानहरुमा छायाङकन गरिएको दुबै भिडियोको निर्देशन सागर केरुङले गर्नुभएको छ । त्यस्तै सञ्जय आचार्यको छायाङकन, लक्कि ब्युटि पार्लरको मेकअप र केलाङ साँस्कृतिक समाज पाँचथरको भेषभूषा रहेको छ । 

 


भिडियोमा सुरेश काङभा लिम्बू, एलिजा श्रेष्ठ, अञ्जु राई, रुद्र साङगे आङ्बो, अञ्जु राई, हेम गुरुङ, शेखर थाम्सुहाङ, जोनहाङ केरुङ, सबिता राई, सर्मिला केरुङ, शिला लाओती, निशा नेम्बाङ, लक्ष्मण तामाङ, पुनम राई, निशा नेम्बाङ र लक्ष्मण तामाङ लगायतले अभिनय गरेको निर्माता शान्ति काङ्भा लिम्बू बताएकी छिन् ।
 

प्रतिकृया दिनुहोस
SITENAME

गोरी नहुँदा गुम्यो फिल्म

मुम्बई – हलिउडमा रंगभेद र जातीय भेदभाव अस्तीतत्वहिन भएको ८० वर्ष पुगे पनि समय समयमा कलाकारहरु यसको सिकार बन्दै आएका छन् । बलिउडबाट हलिउडमा छलाङ

SITENAME

सांसदले नै दिए चलचित्र विकास बोर्डलाई मुद्दा हाल्ने चेतावनी

सांसद् तथा एमाले नेता रामवीर मानन्धरले चलचित्र विकास बोर्डविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् । बुधबार अपरान्ह विकास बोर्ड पुगेका मानन्धरले

SITENAME

लालिगुराँस आइडलका लागी बसन्तपुर बाट चार जना छनौंट

टीआर सेनेहाङ (तेह्रथुम) लालिगुराँस आइडलका लागि बसन्तपुर बजारबाट चार जना प्रतिस्पर्धी छनौंट भएका छन् । ‘लालिगुराँस नगरपालिकाको सांगीतिक अभियान, लोक