लालिगुराँस आइडलका लागी बसन्तपुर बाट चार जना छनौंट

SITENAME

टीआर सेनेहाङ (तेह्रथुम) लालिगुराँस आइडलका लागि बसन्तपुर बजारबाट चार जना प्रतिस्पर्धी छनौंट भएका छन् । ‘लालिगुराँस नगरपालिकाको सांगीतिक अभियान, लोक गीत तथा लोक नृत्यको सम्मान’ भन्ने नाराकासाथ बसन्तपुरमा आइतबार सम्पन्न अडिसनबाट नृत्य तर्फ चार जना छनौंट गरिएको आइडलका व्यावस्थापक रविकिरण मादेनले जानकारी दिए ।

 

आइडलका लागि छनौंट हुनेमा प्रेरणा गुरुङ, सुसन गुरुङ, सर्मिला लिम्बू र पूर्णिमा नेपाली रहेका छन् । लोक नृत्य तथा लोक गायनमा लुकेर रहेका प्रतिभाहरुको कलालाई खोजि तथा उजागरण गर्ने उदेश्यले आइडलको आयोजना गरिएको ब्यबस्थापक मादेनले बताए । यस अघिको लसुने अडिसनबाट सात जना प्रतियोगी छनौंट भएका छन् ।

 

आइडलको प्रथम चरणको अन्तिम अडिसन चैत २० गते दाँगपामा हुने र फाईनल नयाँ २०७५ बैशाख दुई गते बसन्तपुरमा हुने आयोजकले जनाएको छ । लालिगुराँस नगरपालिकाको सहयोगमा सञ्चालित आइडलको प्रथम हुनेले नगद १५ हजार। प्रमाणपत्र र दोस्रो हुनेले १० हजारको साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् । 
 

प्रतिकृया दिनुहोस
SITENAME

दुई गीतको म्यूजिक भिडियो छायाङकन

इगल संवाददाता (फिदमि) दुई वटा गीतको म्यूजिक भिडियोको छायाङकन हालै सम्पन्न भएको छ । राजहाङ आङबोको शब्द, दिप्सन आङबोको संगीत, दिप्सन र सुनिल केरुङको स्वर

SITENAME

गोरी नहुँदा गुम्यो फिल्म

मुम्बई – हलिउडमा रंगभेद र जातीय भेदभाव अस्तीतत्वहिन भएको ८० वर्ष पुगे पनि समय समयमा कलाकारहरु यसको सिकार बन्दै आएका छन् । बलिउडबाट हलिउडमा छलाङ

SITENAME

सांसदले नै दिए चलचित्र विकास बोर्डलाई मुद्दा हाल्ने चेतावनी

सांसद् तथा एमाले नेता रामवीर मानन्धरले चलचित्र विकास बोर्डविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् । बुधबार अपरान्ह विकास बोर्ड पुगेका मानन्धरले