फिदिम नगरले दियो सवै वडाका महिलाहरुलाई अचार बनाउने तालिम

SITENAME

पाँचथर,जेठ २९,
स्थानिय स्रोत साधनलाई उपयोग गरी अचार बनाई कृषिजन्य उत्पादनको बजारीकरण गर्ने उद्धेश्यले पाँचथरको फिदिम नगरपालिकाले नगरपालिका भित्रका महिलाहरुलाई ४ दिने तालिम प्रदान गरेको छ । नगरपालिका भित्र पर्ने १४ वटै वडाका ५५ जना महिलाहरुलाई तालिम प्रदान गरेको हो । तालिमको सहजीकरण किरण शर्मा,केदार शर्मा,कमला बास्कोटा रिजाल लगायतले गर्नुभएको थियो । 
तालिमको सोमबार समापन समारोहमा वोल्दै कार्यक्रमका अध्यक्ष तथा फिदिम नगरपालिका उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले तालिममा सिकेको सिप प्रत्येक वडा वडामा सम्म लगेर गाउँमै उद्यम संचालन गर्न सके मात्रै तालिमले सार्थकता पाउने बताउनुभयो ।
 कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले स्वागत मनतब्य ब्यक्त गर्नुभएको थियो । 
उक्त कार्यक्रममा जिल्ला समन्वय समिती उपप्रमुख डिल्लीराम दुलाल,नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना,उद्योग वाणिज्य संघ पाँचथरका कार्यबहाक अध्यक्ष राजु न्यौपाने, फिदिम वडा नम्बर ११ का वडा अध्यक्ष श्री प्रसाद घिमिरे,अन्तर पाटी महिला संजाल पाँचथरकी अध्यक्षगिता घिमिरे, लगायतले बोल्नुभएको नगरपालिकाका योजना प्रमुख सुरेश सुवेदीले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

समयमै आयोजनाको काम नसक्ने निर्माण ब्यवसायिलाई कानुनी दायरमा ल्याउन सरोकारवालाको माग

हेलचेक्रयाई गरी समयमै आयोजनाको काम नसक्ने निर्माण ब्यवसायिलाई कानुनी दायरमा ल्याउन सरोकारवालाको माग जितेन्द्र भण्डारी÷ पाँचथर,जेठ १६, उन्नति

SITENAME

दीपक नेपाल नेतृत्वको प्यानललाई जिताउन आधा दर्जन पाटीले सहयोग गर्ने

पाँचथर,जेठ ५, उद्योग वाणिज्य संघ पाँचथरको ११ औ अधिवेशनमा दीपक नेपालको प्यानललाई जिल्लाका आधा दर्जन पाटीले सहयोग गर्ने भएका छन् ।  नेपाली

SITENAME

क्वालिटीको रेड अक्स बजारमा आयो

पांचथर,वैशाख ३१, खाधान्न क्षेत्रमा लामो अनुभव संगालेको क्वालिटी ग्रुपले पछिल्लो पटक ‘रेड अक्स’ नामक ईनर्जी ड्रिङ्कस बजारमा ल्याएको छ । केही समय