खलंगटार माविले गर्यो ५ दर्जन वढि ब्यक्तित्व लाई भब्य सम्मान

SITENAME

पाँचथर,जेठ २५,
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १० मा अवस्थित खलंगटार माविले विद्यालयमा योगदान पुरयाउने पूर्व प्रअ,उच्च मावि तथा माविमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई बृहत्त सम्मान कार्यक्रमका वीच सम्मान गरेको छ ।
बिहिबार विद्यालयको आफ्नै परिषरमा आयोजित कार्यक्रमका वीच ६४ जना ब्यक्तित्वहरुलाई सम्मान गरिएको हो । 
सम्मानित हुनेहरुमा विद्यालयमा योगदान पुरयाउने समाजसेवी,नेपाली काग्रेस पाँचथर जिल्ला सचिव रुपनारायण जवेगु,समाजसेवी वृजहाङपत्ति जवेगु,हस्तराज थाम्सुहाङ,स्रोत ब्यक्ति श्याम जवेगु,तत्कालिन एस.एल.सी परिक्षामा उर्तिण हुने देवी अधिकारी,पूर्व प्रअ तुलसीराम मिश्र लगायत ६४ जना रहनुभएको छ । 
सम्मान कार्यक्रममा वोल्दै फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्बाङ्गले खलंगटार माविले गरेको बृहत सम्मान कार्यक्रमको प्रशंसा गर्दे आगामी दिनमा पनि माविको उज्जवल भविष्यको कामना ब्यक्त गर्नुभयो । यस्तै त्यस फिदिम १० नम्बर वडा ऐतिहासिक,धार्मिक,पर्यटकिय क्षेत्रको सम्भावना बोकेको जिल्ला भएको हुँदा यस वडालाई नगरले आ.व.०७५÷०७६ मा पनि विकाश निर्माणको कार्यमा सक्दो सहयोग गर्ने बताउनुभयो । 
कार्यक्रममा बोल्दै फिदिम नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष तथा सोही विद्यालयका विद्यालय ब्यवस्थापन समिती अध्यक्ष बिरहाङमा थाम्सुहाङ विनाले सम्मानित ब्यक्तिहरुलाई बधाई तथा उज्जवल भविष्यको कामना ब्यक्त गर्दे आगामी दिनमा पनि विद्यालयलाई अघि वढाउने सवालमा उहाँहरुको सहयोगको अपेक्षा गर्नुभयो । यस्तै उहाँले आफू यस वडाको जननिर्वाचित प्रतिनिधी भएको हुँदा यस वडाको विकाश र समृद्धिको पक्षमा सवै पक्षलाई समेटेर अघि वढेको बताउनुभयो । 
अव आ.व.०७५÷०७६ को बजेट मा पनि सवै पक्षलाई समेटेर बजेट विनियोजनको तयारीमा आफू लागेको उहाँको भनाई छ । कार्यक्रममा जिल्ला हुलाक कार्यालय पाँचथरका प्रमुख देवी अधिकारी,इगल एफ.एमका स्टेशन म्यानेजर जितेन्द्र भण्डारी,फिनपा १०,११,१२ का स्रोत ब्यक्ति श्याम जवेगु,सम्मानित ब्यक्तित्वहरु हस्तराज थाम्सुहाङ,प्रकाश अधिकारी,तुलसीराम मिश्र,विद्यालयका प्रअ राम बहादुर जवेगु,कार्यक्रम संयोजक शिव थाम्सुहाङ,सहप्राचार्य रोशन जवेगु लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

जलवायु परिवर्तन सम्वन्धी तालिम शुरु

जलवायु परिवर्तन सम्वन्धी तालिम शुरु पाँचथर,असार ५, पाँचथरको याङवरक गाउँपालिकाको थर्पुमा दुई दिने जलवायु परिवर्तन सम्वन्धी तालिम सोमबार बाट शुरु

SITENAME

राष्ट्रिय परिचय पत्रः १ सय २ वर्षीय वृद्धाको विवरण सँकलन गरेर सुरु गरियो विवरण सँकलन कार्य

उपेन्द्र येक्तेन (फिदिम) नेपालमा पहिलो पटक वितरण गर्न लागिएको राष्ट्रिय परिचय पत्रको विवरण सँकलनको काम पाँचथरबाट सुरु गरिएको छ । पहिलो चरणमा एक लाख १७

धरपकड तथा पक्राउ गर्ने जस्ता कार्य तत्काल रोक्नुपर्ने माग गर्दे निर्माण ब्यवसायिले वुझायो ज्ञापनपत्र

पाँचथर,असार ३, पछिल्लो समय गृहमन्त्रालयले निर्माण ब्यवसायिलाई गरेको धरपकड तथा पक्राउ गर्ने जस्ता कार्य तत्काल रोकिनुपर्ने माग गर्दे नेपाल निर्माण