तुम्बेवामा नियमित विद्यालय नआउने विद्यार्थी र अभिभावक भेलामा उपस्थित नहुने अभिभावकहरुलाई सरकारी सेवा सुविधा बाट वन्चित गरिने

SITENAME

तुम्बेवामा नियमित विद्यालय नआउने विद्यार्थी र अभिभावक भेलामा उपस्थित नहुने अभिभावकहरुलाई सरकारी सेवा सुविधा बाट वन्चित गरिने
पाँचथर,जेठ २२, 
शैक्षिक जागरण अभियान सम्वन्धमा पाँचथरको तुम्बेवा गाउँपालिले पालिका स्तरमा भएका शिक्षकहरु सित तिनदिने बृहत्त छलफल तथा अन्र्तक्रिया कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
गत शनिबार बाट शुरु भएको कार्यक्रम सोमबार शैक्षिक क्षेत्रको गुणस्तर उकास्न २० बँुदे घोषणा पत्र जारी गर्दे कार्यक्रम सकिएको तुम्बेवा गाउँपालिका प्रमुख होमनाथ थापाले बताउनुभयो ।
 अव सामुदायिक विद्यालयमा भर्ना भएका विद्यार्थीहरु नियमित विद्यालय आउनुपर्ने,विद्यालयले आयोजना गर्ने अभिभावक भेलामा अभिभावकहरु उपस्थित नभए गाउँपालिका बाट पाउने सेवा सुविधा बाट वन्चित गरिने निर्णय भएको उहाँले बताउनुभयो । 
अव आगामी वर्ष सम्ममा विद्यालयमा दरवन्दी नभएका ठाउँमा दरवन्दी थप्ने वा मिलान गर्ने,कमजोर शिक्षकहरुलाई सुध्रर्ने अवसर दिने,उत्कृष्ट शिक्षण गर्ने शिक्षकलाई पुरस्कृत गरिने उहाँले बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष होमनाथ थापा,उपाध्यक्ष धनशेर साँवा,प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दाहाल,इन्द्रेणी माविका प्रअ युद्धनारायण थापा लगायतले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
पालिकाका ४० वटा विद्यालयका २ सय ६५ शिक्षकहरु कार्यक्रममा सहभागि थिए ।

प्रतिकृया दिनुहोस
SITENAME

अमेरिकाको मेरिल्याण्डमा भएको गोलीकाण्डमा पर्वतकी ४५ वर्षीया गिरीको ज्यान गयो

 अमेरिकाको मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा बिहीबार भएको गोली काण्डमा ज्यान गुमाउने ४ जनामध्ये एक जना नेपाली महिला भएको प्रहरीले जनाएको छ ।

SITENAME

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको

SITENAME

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्नुपर्ने—गैसस

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्नुपर्ने—गैसस पाँचथर,असार २, गत जेष्ठ २५ गते सरकारले संघ संस्थाहरुलाई नियन्त्रण गर्ने