वडाध्यक्ष मुत्यु प्रकरणमा मुछिएका बाबुछोरा पक्राउ

उपेन्द्र येक्तेन, (फिदिम)÷ पाँचथरको हिलिहाङ गाउपालिका–७ का वडाध्यक्ष मुत्यु प्रकरणमा मुछिएका बाबुछोरा पक्राउ परेका छन् । गत चैत ११ गते हिलिहाङ गाउपालिका–७ स्थित सम्वेवा मोटरबाटो अनुगमनको क्रममा वडाध्यक्ष तिम्सिनालाई कुटपिट गरेको आरोप लागेका बाबु भीम योक्पाङदेन र छोरा सुबास योक्पाङदेनलाई पाँचथर प्रहरिले शनिबार पक्राउ गरेको हो । सुगर र उच्च रतmचापका बिरामि ६४ वर्षिय तिम्सिना बाबुछोराको कुटपिटपछि शारिरिक र मानसिक रुपले कमजोर भएपछि उपचारको लागि लादैं गर्दा शुक्रबार साँझ इलामको नेपालटार पु¥याउदा बाटोमै निधन भएको थियो । बाबुछोराले हातपात गरेपछि तिम्सिनाले चैत्र १५ गते स्काबेटर लगाएर सडक निर्माण गर्दा योक्पाङदेनको घरमा लगेको विजुलीको तार चुडिँएको विषयलाई लिएर आफमाथि हातपात भएको भन्दै जिल्ला प्रहरि कार्यालय पाँचथरमा जाहेरि दिएको प्रहरि प्रमुख (डिएसपी बामदेब गौतमले वताउनुभयो । तिम्सिनाको मुत्युपछि उहाँकि धर्मपत्नीले शनिबार नै कुटपिटमा सँलग्न भनिएका बाबुछोरा विरुद्ध कर्तव्य ज्यानको मुद्धा दर्ता गराउनुभएको थियो । तिम्सिनाको मुत्यु कुटपिटकै कारण भएको हो वा होइन् त्यो भने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा हुने प्रहरि प्रवतmा विज्ञान वस्नेतले वताउनुभयो ।
एकचेपालि साँइला नामले साहित्यमा परिचित तिम्सिना लामो समय शिक्षण पेशामा रहेर अवकाशपछि नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यस्तै हिलिहाङ गाउपालिकाले मोटरबाटो अनुगमनको क्रममा तिम्सिनामाथि भएको कुटपिटकै कारण निधन भएको भन्दै निष्पक्ष छानबिन गर्न प्रशासन सँग आग्रह गरेको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

राँकेमा रमाए कविहरु

सन्देश सुब्बा (पाँचथर) बाह्रैमास चिसो हुने पाँचथर)इलामा सिमावर्ती राँके बजारमा शुक्रबार र शनिबार कवि–लेखकहरु खुब रमाए । त्यहाँ आयोजित मेची अञ्चल

SITENAME

मेची अञ्चल स्तरीय साहित्यिक–साँगीतिक संगोष्ठि सुरु

सन्देश सुब्बा (पाँचथर) पाँचथर–इलाम सिमावर्ती ब्यापारिक तथा पर्यटकीय नगरी राँके बजारमा मेची अञ्चल स्तरीय साहित्यिक–साँगीतिक संगोष्ठि सुरु भएको छ

वडा सदस्यले नै गरे युवतीलाई जबरजस्ती करणी

इगल संवाददाता (फिदिम) जिल्लाको फालेलुङ गाउँपालिका–६, का वडा सदस्य कमल गुरुङले एक महिलालाई जबरजस्ती करणी गरेका रहस्य सार्वजनिक भएको छ ।    पीडित