नवौँ फाल्गुनन्द गोल्डकपको हिसाब सार्वजनिक

SITENAME

उपेन्द्र येक्तेन (फिदिम) पाँचथरको फिदिममा गएको पुष महिनामा सञ्चालन भएको नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको आय व्याय ५ महिनापछि सार्वजनिक गरिएको छ ।

आयोजक फिदिम स्पोर्टिङ क्लवले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर आय व्याय सार्वजनिक गरेको हो ।
आयोजकले सार्वजनिक गरेको हिसाबमा ४१ लाख, ९४ हजार, ३ सय ८७ रुपैँया आय रहेको छ ।  यस्तै ४१ लाख, १२ हजार, ६ सय ३७ रुपैँया खर्च भएको देखाइएको छ । जसमा ८१ हजार, ७ सय ५० रुपैँया नाफा भएको वताइएको छ । फाल्गुनन्द गोल्डकप गएको पुष ७ देखि १६ गतेसम्म सदरमुकाम फिदिममा रहेको फिदिम माविको खेलमैदानमा सञ्चालन भएको थियो ।


प्रतियोगिता सम्पन्न भएको लामोसमय वितिसक्दापनि आयोजकले हिसाब सार्वजनिक नगर्दा जन–गुनासोसमेत आउन थालेको थियो । यद्यपि आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष विमलकुमार श्रेष्ठले भने विभिन्न ठाँउहरुबाट उपलब्ध हुनुपर्ने रकमहरु प्राप्त भईनसकेकोले आय व्याय सार्वजनिक गर्न ढिलो भएको वताउनुभयो । फाल्गुनन्द गोल्डकप पूर्वी पहाडि जिल्लाको प्रतिष्ठित प्रतियोगिता हो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

कोलम्बिया जापानसँग २–१ गोल अन्तरले स्तब्ध

विश्वकप समूह ‘एच’को पहिलो खेलमा जापानले कोलम्बियालाई २(१ ले निराश पारेको छ । कोलम्बिया खेलको चौथो मिनेटमै १० खेलाडीमा सीमित भएको थियो । कार्लोक्स

SITENAME

फिफा विश्वकप २०१८ को खेल तालिका र नेपाली समय

फुटबलको जगतमा फिफा विश्वकपले संसार भरिका सबै वर्ग तथा उमेर समूहका मानिसहरुको मनमा एक प्रकारको खुलदुली मचाउने गर्दछ । यसै सन्दर्भमा एक्काइसौं ‘फिफा

असोज ३ देखि ए डिभिजन लिग, १४ टिम सहभागी हुने

 लामो समयदेखि सञ्चालन हुन नसकेको ए डिभिजन लिग आउँदो असोज ३ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको एन्फा लिग कमिटीले आज लिगको