सप्तमी बजारमा सामुदायिक स्वास्थ्य इकाई संचालनमा

SITENAME

पाँचथर,जेठ १४,
पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ स्थित सप्तमी बजारमा सामुदायिक स्वास्थ्य इकाई संचालनमा आएको छ ।
 यो इकाई संचालनमा आएसँगै साविकको सराङडाँडा ८ सप्तमी बजार,लसुने, वडा नम्बर ९को अप्ठ्यारे वडा नम्बर ७ को निँगाले, वडा नम्बर ६ को बतासे, वडा नम्बर ३ को मझुवा इलामको फाकफोकथुमको फुयाएतप्पा,आमचोक लगायतका सर्वसाधरणलाई सहज भएको छ ।
 यस भेगका सर्वसाधरणले साविकको सराङडाँडा उपस्वास्थ्य चौकी सम्म धाउनुपर्ने नभए छिमेकी साविकको गाविस रवि धाउनुपर्ने भएको हुँदा सामुदायिक स्वास्थ्य इकाई संचालनमा ल्याइएको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सन्तोष शेर्माले बताउनुभयो ।
यस इकाइ बाट नियमित स्वास्थ्य परिक्षण,सामान्य उपचार हुँदै आएको स्वास्थ्य इकाईका अहेब हरि शेर्माले बताउनुभयो । अहिले एक अहेब र एक जना अनमीको दरवन्दी रहेको छ । 
अहेबमा शेर्मा र अनमीमा देउकला सुब्बालाई नियुक्त गरिएको वडा अध्यक्ष शेर्माले बताउनुभयो । अहिले वडाले नै कार्यालय संचालन र तलव समेत बेहोरिरहेको उहाँको भनाई छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

जिल्ला अस्पताल पाँचथरमा रहँदा नेपालले के के काम गरे ?

पाँचथर,साउन १२, जिल्ला अस्पताल विकाश समिती पाँचथरको अध्यक्ष दिपक नेपालको आफनो कार्यकाल सकिएको छ ।  गत ०७५ आषाढ ३२ गतेको निर्णय अनुसार पाँचथर अस्पातल

SITENAME

मिक्लाजुङ २ मा नियमित स्वास्थ्य सम्वन्धी तालिमहरु सम्पन्न

पाँचथर,जेठ १३, पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ मा जेठ १० गतेदेखि १२ गते सम्म स्वास्थ्य सँग सम्वन्धित विभिन्न ३ वटा छुटाछुटै तालिमहरु

SITENAME

यस्ता छन् अण्डाका ८ फाइदा

अण्डा प्रोटिन, भिटामिन, फ्याटी एसिड र खनिज पदार्थहरुले भरिपूर्ण खाद्यपदार्थ हो । अण्डामा पाइने आधाभन्दा बढी प्रोटिन यसको सेतो भागमा पाइन्छ । यसका