प्रेस यूनियन पाँचथरले मनायो २७ औ स्थापना दिवश

SITENAME

पाँचथर,जेठ १३,

नेपाल प्रेस यूनियनको २७ औ स्थापना दिवशको अवसरमा पाँचथर शाखाले आज शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम संचालन गरेको छ ।

यसअघि नेपाल पत्रकार महासंघको तर्फबाट प्रदेश सदस्य हुनुभएका विपेन्द्र गौतम, गणेश साम्पाङ,बानको प्रदेश सदस्य भएका खविन लुईटेल र सरोज शर्मालाई सम्मान गरिएको थियो ।

यस्तै शुभकामना मनतब्य राख्दै प्रमुख अतिथी नेपाली काग्रेस पाँचथरका सभापति नरेन्द्र कुमार केरुङले प्रजातन्त्र र लोकतन्त्रको संस्थागत विकाशको निम्ति निरन्तर कमल चलाइरहेका पत्रकारहरुलाई अझै समाज र मुलक परिवर्तन हुने किसिमबाट समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काग्रेस पाँचथरका उपसभापति मित्र प्रसाद काफले,नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना,महासंघका प्रदेश सदस्य साम्पाङ,प्रेस चौतारी पाँचथरका अध्यक्ष तुलसी थापा,यूनियनका मेची अंचल सदस्य चन्द्र आङदेम्बे लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नुभएको थियो ।

यूनियन पाँचथरका अध्यक्ष लक्ष्मी गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यूनियनका उपाध्यक्ष जितेन्द्र भण्डारीले यूनियनको इतिहास,योगदान,वर्तमान स्थिति लगायतमा विषयमा प्रकाश पार्दे स्वागत मनतब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको संचालन प्रेस यूनियन पाँचथरका सचिव भिम बास्कोटाले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

अमेरिकाको मेरिल्याण्डमा भएको गोलीकाण्डमा पर्वतकी ४५ वर्षीया गिरीको ज्यान गयो

 अमेरिकाको मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा बिहीबार भएको गोली काण्डमा ज्यान गुमाउने ४ जनामध्ये एक जना नेपाली महिला भएको प्रहरीले जनाएको छ ।

SITENAME

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको

SITENAME

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्नुपर्ने—गैसस

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्नुपर्ने—गैसस पाँचथर,असार २, गत जेष्ठ २५ गते सरकारले संघ संस्थाहरुलाई नियन्त्रण गर्ने