प्रदेश सांसद हरिशरण लामिछानेको निधन

 प्रदेश ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा आज निधन भएको छ ।

लामिछानेको सिनामंगलमा रहेको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको  निधन भएको हो । मष्तिस्कघात भएपछि उपचारका लागि उहाँलाई अस्पताल लगिएको थियो ।

उहाँको सोमबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ ।  २०२४ फागुन ११ गते जन्मिएका लामिछाने भक्तपुर क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उहाँको पार्थिव शरीरलाई दिउँसो साढे २ बजेदेखिअन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र ४ बजे अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
लामिछाने एमालेको भक्तपुर जिल्ला कमिटिका सचिव हुनुहुन्थ्यो । उहाँका एक श्रीमती, छारा र छोरी छन् । (उज्यालोबाट)

प्रतिकृया दिनुहोस

मोदीको अभिनन्दनबारे ओलीको अभिव्यक्ति – ‘राष्ट्रिय मर्यादाको उल्लंघन भयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे संसदमा जानकारी गराउनुभएको छ ।  प्रधानमन्त्री  ओलीले नाम

प्युठान बस दुर्घटना : घाइतेको पहिचान खुल्यो

 प्युठानमा रात्री बस पल्टिँदा ज्यान गुमाएका ५ जनाको पहिचान खुलेको छ । दुर्घटनामा प्युठान रजबाराका हरि मल्ल, प्युठान क्वाडीकी सविता शर्मा, बस चालक

SITENAME

मोदीलाई स्वागत गर्न तयार जनकपुर स् १ सय १ साधुको शंखनाददेखि १ सय २१ किलोको मालासम्म

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुरधाम तयार भएको छ । प्रदेश नम्बर–२, को प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले मोदीलाई