चिनियाँ राष्ट्रपति सी बने विश्वकै शक्तिशाली व्यक्ति

SITENAME

फोर्ब्सले यस वर्ष सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चित्रित गरेको छ । पत्रिकाले हरेक वर्ष प्रकाशित गर्ने शक्तिशाली व्यक्तिहरुको सूचीमा सी सन् २०१८ को लागि पहिलो नम्बरमा परेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सीको ‘नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचार’ लाई चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो विधानमा समावेश गरेपछि उनी माओ र तङपछि सबैभन्दा शक्तिशाली नेताको रुपमा उदाएका हुन्।

दोस्रो शक्तिशाली व्यक्तिमा रसियाका राष्ट्रपति भ्लादमिर पुटिन छन्। पुटिन सन् २००० देखि सत्तामा छन्। यो वर्षको राष्ट्रपतीय चुनावमा पुटिनले ७७ प्रतिशत मत ल्याएर चौथो कार्यकालका लागि चुनिए। तत्कालीन सोभियत संघको विघटनपछि धेरै समयसम्म सत्तामा रहने व्यक्तिमा पुटिन पर्छन्।

विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र र सैन्य शक्ति भएको मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्म तेस्रो शक्तिशाली व्यक्ति भएका छन्। आफ्ना एजेण्डाहरु पारित गराउन नसकेको, व्यक्तिगत र व्यापारिक जीवनका बारेमा नकरात्मक कुरा बाहिर आएका कारण ट्रम्प तेस्रो स्थानमा झरेको फोर्ब्सले जनाएको छ।

जर्मन चान्सलर एन्जेला मार्केल चौथो स्थानमा छिन्। यूरोपको डी–फ्याक्टो लिडरसमेत रहेकी मार्केलसँग युरोपियन युनियनको भविष्य र युरोपमा देखा परेको आप्रवासी समस्याहरुको चुनौती छ।

विश्वका सबैभन्दा धनी एवं एमाजोन कम्पनीका प्रमुख जेफ बेजोस ५ औँ शक्तिशाली व्यक्तिको रुपमाअटाएका छन्। एक सय ३२ दशमलव ४ बिलीयन अमेरिकी डलरका मालिक बेजोसले सन् २०१३ मा २ सय ५० मिलियन डलरमा द वासिङ्टन पोष्ट खरिद गरेका थिए।

विश्वका एक अर्ब ३० करोड ईसाइ धर्मावलम्बीहरुका धार्मिक नेता एवं रोम क्याथलोटिक चर्चका पादरी पोप फ्रान्सिस छैटौँ शक्तिशाली व्यक्तिको रुपमा रहेका छन्।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स ७ औँ स्थानमा छन्। बिल गेट्सले श्रीमतीसँग मिलेर बिल एण्ड मिलन्डा गेट्स फाउन्डेशन सञ्चालन गरेका छन्। यो संस्था विश्वको सबैभन्दा धेरै च्यारिटी गर्ने निजी संस्था हो।

८ औँ स्थानमा साउदीका राजकुमार मोहम्मद बिन सल्मान अल साउद रहेका छन्। सन् २०१७ को नोभेम्बरमा मोहम्मदले साउदीमा भ्रष्टचार विरोधी कारवाही चलाएका थिए।यस क्रममासाउदीका धेरै इलिट र धनाढ्यहरुलाई जेलगएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको ९ औँ शक्तिशाली व्यक्तिको सूचीमा अटाए। भ्रष्टाचार नियन्त्रणका लागि उनले सन् २०१६ मा ५ सय र १ हजारका भारतीय नोट प्रयोगमा प्रतिबन्ध लगाएका थिए।

गुगलको प्यारेन्ट कम्पनी अल्फबेटका सिइओ ल्यारी पेज १० औँ स्थानमा छन्। सन् १९९८ मा पेजले सर्जे ब्रिनसँग मिलेर गुगलको स्थापना गरेका थिए। पेज गुगुलका प्रथम सिइओ समेत हुन्।

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई फोर्ब्सले ३६ औँ शक्तिशाली व्यक्तिको सूचीमा राखेको छ।

प्रतिकृया दिनुहोस

आजीवन जेलमै सड्नेछन् आसाराम बापू

नाबालिग बालिकालाई बलात्कार गरेको मामिलामा जोधपुर अदालतले धर्मगुरु आसाराम बापूलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ ।  आसारामको अलावा

SITENAME

‘शीतयुद्ध मानसिकता’ विरुद्ध अमेरिकालाई चिनियाँ राष्ट्रपति जिनपिङको चेतावनी

बीबीसी । चिनियाँ राष्ट्रपति शि जिनपिङले अमेरिकालाई ‘शीतयुद्ध मनस्थिति’ विरुद्ध चेतावनी दिएका छन् भने अर्कोतर्फ आफ्नो देशको अर्थव्यवस्थालाई सहज

SITENAME

सिरियामा मिसाइल हमला गर्ने ट्रम्पको धम्की

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारको ट्वीटमा सिरियामा मिसाइल हमला गर्ने खुलेआम घोषणा गर्दै रुसलाई तयार रहन धम्की दिएका छन्