प्रथम सभामुख कप भलिबल प्रतियोगितामा विभागगिय टिमको वर्चश्व कायमै

SITENAME

रोल्पामा जारि प्रथम सभामुख कप भलिबल प्रतियोगिताको दोस्रो दिन आइतबार पनि विभागीय टोलीले वर्चश्व कायमै राखेका छन् । 

विभागका तीनै टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफको पुरुष तथा महिला टोलीले नकआउट चरणमा स्थान पक्का गरे । पुरुषतर्फ प्रदेश ५ ले प्रदेश ३ लाई २५–१४, २५–१८, २३–२५ को सोझो सेटमा पराजित गर्‍यो । यस्तै प्रदेश ४ ले प्रदेश ७ लाई २५–१४, २५–१६ र २५–१४ को स्कोरमा पन्छायो । आर्मीले प्रदेश ५ लाई २३–२७, २५–१७ र २५–१५ तथा पुलिसले प्रदेश ४ लाई २५–१३, २५–१६ र २५–१८ को स्कोरले पाखा लगाए ।

महिलातर्फको आर्मीले प्रदेश ४ लाई २५–१२, २५–८, २०–२५, २५–१२ को सेटमा पराजित गर्‍यो । प्रदेश ३ ले प्रदेश ७ लाई २५–२३, २५–२१ र २५–१८ को सेटमा हरायो । एपीएफले आर्मीलाई २५–१३, २५–१८ र २५–११ र पुलिसले प्रदेश ३ लाई २५–७, २५–१० र २५–८ को स्कोरले पराजित गरेको हो ।

समूह चरणका खेल समापनसँगै पुरुषतर्फ आर्मी, प्रदेश १, एपिएफ र पुलिस समूह विजेता र प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ६ उपविजेता बन्दै नकआउटमा पुगे । महिलातर्फ आर्मी, पुलिस र एपीएफसँगै प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ५ र प्रदेश ६ अगाडी बढे । पुरुषतर्फ प्रदेश ३ र ७ बाहिरिए भने महिलातर्फ प्रदेश ४ र ७ ले समूह चरण पार गर्न सकेनन् ।

प्रतिकृया दिनुहोस
SITENAME

समूह विजेता बन्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा, बँगलादेश २–० ले पराजित

नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइलनमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई दुई शून्यले हराउँदै नेपाल समूह विजेता बन्दै

SITENAME

पाँचथरको फालेलुङ ८ अकाशेमा जारि फुटवल प्रतियोगिता आज सात खेल सम्पन्न

उपेन्द्र येक्तेन (फिदिम) पाँचथरको फालेलुङ गाउपालिका–८ अकासेमा जारि पुरुष नकआउट फुटवल प्रतियोगितामा आज ७ खेल सम्पन्न भएको छ । दोस्रो चरण अन्तर्गतको

SITENAME

अकाशेमा जारि फुटवल प्रतियोगितामा ६ खेल सम्पन्न

उपेन्द्र येक्तेन (फिदिम) पाँचथरको फालेलुङ गाउपालिका–८ अकासेमा जारि पुरुष नकआउट फुटवल प्रतियोगितामा आज ६ खेल सम्पन्न भएको छ । पहिलो खेलमा नाम्साङ