गोलकिपर किरणले राखे ‘बर्डीगार्ड’

SITENAME

सामान्यता नेपाली खेलाडीले सुरक्षाका लागि बर्र्डीगार्ड राख्ने चलन छैन । तर, राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले भने आफ्नो सुरक्षाका लागि बर्डीगार्ड राखेका छन् । यद्दपी उनले सुरक्षा चुनौतीका कारण भन्दा पनि समर्थकहरु लाग्ने भिडलाई व्यवस्थापन गर्न सहयोगी राखेको बताएका छन् ।

अहिले उनी नेपाल पुलिस क्लबका लागि दमक गोल्डकप फुटबल प्रतियोगितामा भाग लिइरहेका छन् । पुलिस दमक गोल्डकपको फाइनल पुगेको छ । उनले पुलिसका लागि २ खेल खेलिसकेको छन् । शुक्रबार पुलिसले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । ‘सेमिफाइनलमा समर्थकको अइरोले मलाई निकै कठिन भयो । पुलिसले नै स्कटिङ गर्नुपर्ने अवस्था आयो,’ किरणले हाम्रो खेलकुदसँग भने, ‘भिडमा यता उता हुँदा लथालिङ्गै जस्तो हुने । ब्यागकता सामान कता हुने । थेग्नै गाह्रो भएकोले आफ्नो रेखदेखका लागि भनेको हुँ ।’

किरणले फाइनलमा झन कठिन होला भन्ने अनुमानमा आफ्नो रेखदेखका लागि बर्डीगार्ड राखेका हुन् । ‘यो भाई यता प्राय मैसँग हुन्छ ,’ उनले थपे, ‘अब पनि मैसँगै रहन्छ । समर्थकहरुको एकदम माया गर्नुहुन्छ । उहाँहरुबाट टाढा हुनलाई नभई व्यवस्थापनका लागि मात्र मैले बर्डीगार्ड आवश्यक ठाने ।’

किरण नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना अर्को साता आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड २०७४ को पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पनि परेका छन् । गत वर्ष सोही अवार्ड उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका किरण इन्डियन लिग मिरोर्वासँगको सम्झौता सकिएपछि स्वदेशमै छन् ।

पिपुल्स च्वाईसमा मनोनयनमा परेकोमा खुसी हुँदै किरणले भने, ‘यो पटक सबैको माया र भोट पाए भने यो अवार्ड पनि जित्ने छु । यो नेपाली खेलकुदको सबै भन्दा प्रतिष्ठित अवार्ड हो । हरेक नेपाली खेलाडी यो जित्न चाहन्छन् ।’(हाम्रो खेलकुदबाट)

प्रतिकृया दिनुहोस
SITENAME

समूह विजेता बन्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा, बँगलादेश २–० ले पराजित

नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइलनमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई दुई शून्यले हराउँदै नेपाल समूह विजेता बन्दै

SITENAME

पाँचथरको फालेलुङ ८ अकाशेमा जारि फुटवल प्रतियोगिता आज सात खेल सम्पन्न

उपेन्द्र येक्तेन (फिदिम) पाँचथरको फालेलुङ गाउपालिका–८ अकासेमा जारि पुरुष नकआउट फुटवल प्रतियोगितामा आज ७ खेल सम्पन्न भएको छ । दोस्रो चरण अन्तर्गतको

SITENAME

अकाशेमा जारि फुटवल प्रतियोगितामा ६ खेल सम्पन्न

उपेन्द्र येक्तेन (फिदिम) पाँचथरको फालेलुङ गाउपालिका–८ अकासेमा जारि पुरुष नकआउट फुटवल प्रतियोगितामा आज ६ खेल सम्पन्न भएको छ । पहिलो खेलमा नाम्साङ