गुरुङ रामप्रकाश समथिङका तीन कृति बिमोचन

SITENAME

सन्देश सुब्बा (फिदिम) लेखक गुरुङ रामप्रकाश समथिङका तीन कृतिको शनिबार एकसाथ बिमोचन गरिएको छ । फिदिम स्थित होटल सरगमको सभाहलमा आयोजित कार्यक्रममा समथिङ द्धारा लिखत ‘नेपालमा हाम्रो नेतृत्व’, ‘नेपालको स्थानीय नेतृत्व २०७४’ र ‘पाँचथरको स्थानीय नेतृत्व २०७४’ नामक पुस्तकको बिमोचन गरिएको हो । 

उक्त कृतिहरुको कार्यक्रमका प्रमुख अतिथि प्रदेश–१ का प्रदेश सभा सदस्य आशारत्न जबेगु र अन्य अतिथिहरुले एकसाथ बिमोचन गरेका थिए । कार्यक्रममा समथिङको लेखकीय ब्यक्तित्वबारे बोल्दै कवि तथा समालोचक सगुन सुसाराले सिर्जनात्मक भन्दा पनि खोज, अनुसन्धानमुलक लेखनमा समथिङको विशिष्ठ योगदान गरेको उल्लेख गरे । 

गत वर्ष काठमाण्डौंमा एकसाथ २२ उपन्यासको लोकार्पण गरेर चर्चामा आएका समथिङको पुस्तक संख्या अब ४९ पुगेको छ । समथिङ फाउन्डेशन पाँचथर र नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आयोजना गरेको कार्यक्रम फाउन्डेशनका अध्यक्ष मंगल बेघाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

५५ हजार ५५५ रुपैंयाँ राशीको लेखन पुरस्कार घोषणा
कार्यक्रममा समथिङ फाउन्डेशनले ५५ हजार ५५५ रुपैंयाँ राशीको ‘गुरुङ रामप्रकाश समथिङ लेखन पुरस्कार’ को समेत घोषणा गरिएको छ । उक्त पुरस्कार आगामी वर्षदेखि दुई–दुई बर्षको अन्तरालमा एक लेखकलाई प्रदान गरिने फाउन्डेशनका संरक्षक समथिङले बताए ।

प्रतिकृया दिनुहोस
SITENAME

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको

SITENAME

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्नुपर्ने—गैसस

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्नुपर्ने—गैसस पाँचथर,असार २, गत जेष्ठ २५ गते सरकारले संघ संस्थाहरुलाई नियन्त्रण गर्ने

SITENAME

कुमायकमा अपांगता परिचय पत्र वितरण

कुमायकमा अपांगता परिचय पत्र वितरण पाँचथर,जेठ २२, पाँचथरको कुमायक गाउँपालिकामा प्रत्येक वडामै गएर अपांगता परिचय पत्र वितरण गरिएको छ । महिला तथा