साहित्य साधनाको अधिवेशन सम्पन्न

SITENAME

इगल संवाददाता (पाँचथर) साहित्य साधना पाँचथर बहुमुखि क्याम्पसको प्रथम अधिवेशन बिहीबार सम्पन्न भएको छ । 

 

अधिवेशनले सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष प्रकृति अनायास सम्बाहाम्फे, सचिव मोतिहाङ केरुङ, सहसचिव झुमा मिश्र र कोषाध्यक्ष प्रमिला ढुंगेल निर्बाचित भएका छन् । 

 

सो अवशरमा साहित्य साधनाले मनोक्रान्ति अभियन्ता तथा साहित्यकार एलबि नेम्बाङलाई सम्मन गरेको छ । त्यस्तै साहित्य साधनाका विविध क्रियाकलापमा सहयोग पु¥याएको भन्दै पाँचथर गजल मञ्चका अध्यक्ष दीपक खनाललाई प्रशंसा पत्र प्रदान गरेको छ । 

 

अधिवेशनको उद्घाटन समारोहमा एक दर्जन स्रष्टाले सिर्जना वाचन गरेका थिए । अधिवेशन याक्थुङ प्रज्ञा प्रतिष्ठानका कूलपति राजेन्द्र कुमार जबेगुको प्रमुख आतिथ्यता र निबर्तमान अध्यक्ष मधुराज केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 

प्रतिकृया दिनुहोस

फिदिम नगरपालिका वडा नम्बर १० मा महिलाहरुको क्षमता अभिवृद्धि र चेतना सम्वन्धी तालिम शुरु

पाँचथर,जेठ ६, महिलाहरुको क्षमता अभिवृद्धि र चेतना सम्वन्धी अन्र्तक्रिया तथा तालिम पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १० मा आज बाट शुरु भएको छ

SITENAME

पाँचथरको हिलिहाङ गाउँपालिकामा हिलिहाङ महोत्सव शुरु,महोत्सवका कार्यक्रहरु यस्ता छन्

जितेन्द्र भण्डारी÷ पाँचथर,वैशाख २४, “कृषि,उर्जा पर्यटन र ब्यापार समृद्ध हिलिहाङ निर्माणको आधार” भन्ने नाराका साथ पाँचथरको हिलिहाङ

SITENAME

फेकोफन फालेलुङको अध्यक्ष खपांगी

पाँचथर,वैशाख २५, पाँचथरको फालेलुङमा सामुदायिक वन उपभोक्ता महासंघ गठन भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका वीच भरत खपांगीको अध्यक्षतामा ९ सदस्य